केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - कर्कट
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिलाई माघ महिनामा केही उतारचढाव आउनेछन् र संघर्षपश्चात् सामान्य उपलब्धि प्राप्त गर्न सफल भइनेछ। केही अवसर प्राप्त भए पनि यात्रा, मनाेरञ्जन र भेटघाटमा समय बित्नेछ। सेयर तथा सट्टापट्टामा फाइदा भए पनि आवश्यकताभन्दा बाहिर खर्च गर्नाले अर्थअभावकाे स्थिति रहनेछ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाह हुने काम गर्न बाध्य भइनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। पतिपत्नीबीच मतभेद बढ्नेछ भने अस्थिर मनोवृत्तिले अरूको विश्वास गुम्न सक्छ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा आलोचित भइएला। कामको चापले थकान र कमजोरी निम्त्याए पनि मिहिनेतको फल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। सोखले खर्च बढाए पनि सुविधाका वस्तु जुटाउन सकिनेछ।