केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
प्रारम्भ उपलब्धिमूलक रहनेछ। आँटले काम बन्नेछन् भने मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि हिम्मतले काम लिँदा लाभ मिल्नेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। तर, बुधवारदेखि काम, दाम र स्वास्थ्यमा बाधा हुने देखिन्छ। दाम्पत्यमा समेत असमझदारी बढ्न सक्छ। परिबन्धले केही झमेला निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। सप्ताहान्तमा परिस्थिति अनुकूल बन्नाले राेकिएकाे काम बन्नेछ।
प्रारम्भमा स्वास्थ्य र पढाइकाे चिन्ताले सताउन सक्छ। अप्ठ्यारो बेलामा आफ्नैले दुःख दिनेछन्। साेमवारदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। पुरुषार्थी काम गर्न सकिनेछ। प्रतिस्पर्धीहरू कमजाेर बन्नेछन्। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। रमाइलो जमघट र स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने सम्भावना छ। सप्ताहान्तमा पहिले दिएको वचनले समस्या निम्त्याउनेछ भने काम बिग्रने डरले सताउन सक्छ।
साताकाे पूर्वार्ध समस्याग्रस्त रहनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। स्वास्थ्यका कारण काम अड्किने सम्भावना छ। अध्ययनमा धेरै समय दिन नसकिएला। साताको उत्तरार्धमा स्थिति अनुकूल बन्नाले कामका बाधाहरू हट्नेछन्। बुधवारदेखि आर्थिक पक्ष सबल बन्नाले भौतिक साधन जुटाउन सफल भइनेछ। प्रतिस्पर्धीबाट अलि सावधान रहनुहोला। मेहनतले आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेमको बन्धन कसिने सम्भावना छ।
प्रारम्भमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुट्नेछ। आर्थिक स्रतेत र भौतिक साधन जुटाउन सकिनेछ। तर साेमवारपछि पारिवारिक असमझदारीले केही समस्या निम्त्याउन सक्छ। आफन्तमै ईर्ष्यालु मनोवृत्ति बढ्नेछ, साइनो–सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समेत ध्यान दिन नसकिएला। आँट गर्न नसक्दा काममा पछि परिनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ भने बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पहिलेका कमजोरीमा सुधार हुनेछ। प्रतिद्वन्द्वी पछि हट्नाले नयाँ अवसर प्राप्त हुनेछ।
सुरुमा आलोचकहरूकाे अवराेधले चिताएकाे काम राेकिन सक्छ। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला। साेमवारदेखि स्थितिमा सुधार आउनेछ र सहयोगीहरूले पनि साथ दिनेछन्। विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। बिहीवार र शुक्रवार भने पारिवारिक समस्याले सताउन सक्छ। आफन्तको सहमति नजुट्नाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ। मिहिनेत गर्दा सप्ताहान्त अनुकूल बन्न सक्छ।
पारिवारिक भेटघाटले साताकाे प्रारम्भमा रमाइलो माहोल बन्नेछ। काममा आफन्तकाे साथ–सहयाेग पनि जुट्नेछ। पेसातर्फ लाभ उठाउन सकिनेछ। तर बीचमा उतारचढाव पनि आउनेछन्। विवादास्पद काममा हातहाल्नाले ठूलै अवराेध सामना गर्नुपर्ला। पहिलेका समस्या सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू भेटिनाले कामका बाधा पनि हट्नेछन्। आर्थिक पक्ष पनि केही सबल बन्नेछ। भौतिक साधन जुटाउन सकिनेछ। सप्ताहान्तमा भने पारिवारिक असमझदारी बढ्न सक्छ।
प्रारम्भमा साेखले खर्च निम्त्याउन सक्छ। आयस्राेत कमजाेर हुनाले अर्थ अभावले सताउनेछ। यात्रा खर्चिलाे बन्नेछ। साेमवारदेखि स्थितिमा सुधार आउनेछ। स्राेत–साधन जुट्नाले दिगो काम गर्न सकिनेछ। आयस्राेत सबल बन्नेछ। टाढा बस्ने आफन्त समेत नजिकिनेछन्। साथीभाइसँगको सम्पर्कले मन प्रफुल्लित हुनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन्। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला। सप्ताहान्तमा उपहारका साथै धनलाभ हुने देखिन्छ।
परिश्रमअनुसार सुरुमा राम्रै आम्दानी हुनेछ। मिहिनेतीहरूलाई दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। तर, लगत्तै खर्चको मात्रा बढ्नेछ र अर्थ अभावको समस्याले सताउन सक्छ। समयमा रकम हातलागी नहुँदा काममा पनि बाधा हुनेछ। एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइकाे साथ–सहयाेग जुट्नाले काम भने बन्नेछन्। बुधवारदेखि विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ। ढिलै भए पनि आँटेको काम बन्नेछ र मिहिनेतको फल प्राप्त हुनेछ।
साता उत्साहवर्द्धक रहनेछ। प्रारम्भमा गरेको कर्मले सफलताको उचाइमा पुर्याउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। बुधवारदेखि घरखर्च बढ्नेछ। खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने हुन सक्छ। तापनि, विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। आफन्त र साथीभाइकाे साथ–सहयाेग जुट्नाले काम बन्नेछन्।
सुरुमा केही चुनाैतीसँग जुध्नुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। काम बिग्रने चिन्ताले सताए पनि साेमवारदेखि स्थितिमा सुधार आउनेछ। आँटले काम लिन सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिनेछन्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने कामसमेत सुरु गर्ने मौका छ। आयस्रोत थपिनेछ। व्यापार बढ्नाले लाभांश पनि बढ्नेछ। सप्ताहान्तमा भने फजुल खर्च पनि बढ्नेछ। अवसरका लागि केही दौडधुप समेत गर्नुपर्ला। घर–परिवारबाट टाढिनुपरे पनि यात्राकाे साइत जुर्न सक्छ।
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। शारीरिक थकानले केही कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिन सक्छ। धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ। परिवारजनबाट टाढिनुपर्ने हुन सक्छ। तापनि बुधवारदेखि स्थितिमा सुधार आउनाले पहिलेका समस्या समाधान हुनेछन्। चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा आम्दानी बढ्नेछ र कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। विशेष उपहार पाइनेछ। तापनि साेमवारदेखि दैनिकी केही उतारचढावमय रहने देखिन्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। स्वास्थ्य कमजोर रहनाले काममा पनि पछि परिनेछ। आफन्तसँग मनमोटाव बढ्नेछ र काम बिग्रने डरले पिरोल्न सक्छ। तापनि मिहिनेतले सप्ताहान्त अनुकूल बन्नेछ। पुराना कामको चर्चा हुनेछ भने नयाँ उपलब्धि प्राप्त हुनेछ। मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। तारिफयोग्य कामले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ।
सन्तोष राउतसोलुखुम्बु, मङ्सिर २९ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने त...