केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
वार्षिक राशिफल - वृश्चिक
२०८२ | वार्षिक राशिफल
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
वृश्चिक राशिलाई २०८२ सालमा आसलाग्दो परिवेशबाट शक्तिक्षयपछिका उतारचढाव पार गर्दै व्यावहारिक समस्यासँग जुध्नुपर्ने देखिन्छ। याे वर्ष अधिकांश ग्रहहरू प्रतिकूल हुनाले अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्। वैशाख, कार्तिक र मंसिर महिनामा देवगुरु अनुकूल हुनाले केही आसलाग्दा संकेतहरू देखापर्नेछन्। प्रियजनकाे माध्यमबाट केही उपलब्धि हातपार्न सफल पनि भइनेछ। तर जेठ लाग्नासाथ बृहस्पति कष्टभावमा जानाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। परिबन्धको घेरामा परिनेछ भने व्यावहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। कामको बोझ बढ्नेछ र अध्ययनमा समय दिन नसकिने अवस्था रहनेछ। भाैतिक तथा बौद्धिक सम्पत्तिबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मीयजनसँगको बिछोडले मन व्यथित हुनेछ। गृहसुखमा रहने राहु र पुत्रभावमा रहने शनिकाे प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झूटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा, पशुधन हानि जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा एक्लाे महसुस हुनेछ। आफ्नाे हक–भाेगबाट अरूले लाभ उठाउनेछन्। अंशीयारमा मतभेद, सगोलकाे सम्पत्ति र साझेदारीमा समस्या जस्ता विघ्नबाधा आउने देखिएकाले समयमा सावधान रहनुहोला। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई पेटकाे समस्याले सताउन सक्छ। अध्ययन र यात्रामा अवराेध आउने भने बाध्यताका उल्झनमा परिनेछ। कर्मस्थानका केतुकाे प्रभावले आंशिक काम सम्पादन हुनेछन्। प्रतिकूल ग्रहहरूकाे मन्त्रजप तथा विधिवत् शान्तिकर्म गर्दा ग्रहदाेष शान्त भई फाइदा हुनेछ। आफ्ना इष्टदेवका साथै शिवजी, काली भगवती, वगलामुखी, वटुक भैरव र छिन्नमस्ताको पूजा–आराधना गर्दा पनि लाभ मिल्नेछ। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कार्तिक र फागुन महिनामा अलि हानि हुन सक्छ।
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचन...