कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दकुम्भ राशिलाई २०८२ सालमा संघर्षमय पृष्ठभूमिबाटै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। व्यावहारिक उल्झनका बाबजुद राम्राे कर्मफल प्राप्त हुनेछ। भविष्यका लागि बलियो आधार बन्ने दिगो काममा प्रवृत्त भइनेछ। वर्षारम्भमा चुनौतीपूर्ण जिम्मेवारी आए पनि जेठदेखि देवगुरुकाे विद्याभावमा अनुकूल गाेचर हुनाले क्षमता प्रदर्शन गरेरै लक्ष्यतर्फ अग्रसर भइनेछ। बृहस्पतिकाे प्रभावले विद्यार्थीहरूमा जाेश–जाँगर बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। प्रयत्न गर्दा उपलब्धिमूलक कार्यको थालनी हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ। लोकप्रिय कामले नाम, दाम र सम्मान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानान्तरण हुने बलियो समय छ। उचित प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख समेत प्राप्त गर्ने योग रहेको छ। धार्मिक मनोवृत्ति बढ्नेछ। वर्षभरि धन तथा वाणीभावमा रहने शनिको अन्त्य साढेसाती दशा समेत रहेकाले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। शीर्षभावमा वर्षभरि राहुको उपस्थितिले चोट, चिन्ता, भय, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभाव सामना गर्नुपर्ने हुन सक्छ। गलत चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ। पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ। केतुकाे प्रभावले प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। यसले घर–गृहस्थी समेत प्रभावित बन्ने सम्भावना छ। जन्मकुण्डलीमा शनि, राहु र केतु प्रतिकूल हुनेहरूको पारिवारिक माहोल वर्षभरि कमजोर रहनेछ। अरूका समस्या सुल्झाउने प्रयत्न गर्दा आफ्ना समस्या बल्झिन सक्छन्। ग्रहदोषबाट मुक्त हुन प्रतिकूल ग्रहदेवताको आराधना गर्नुहाेला। शनिका लागि काली भगवती र श्रीहनुमान् तथा राहु र केतुका लागि बटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नुहाेला। आर्थिक रूपमा वैशाख, साउन, मंसिर र पुस महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना अलि प्रतिकूल रहनेछन्।