केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - वृष
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वृष - Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वृष राशिलाई माघ महिना आसलाग्दाे रहनेछ र आंशिक उपलब्धि प्राप्त हुनेछ। मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। सहयोगी अभाव र कामको चापले लक्ष्यमा पुग्न समय लाग्नेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। पुरानो काम रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। नोकरी तथा राजनीतिमा अवसर खोज्ने समय छ।