केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - कुम्भ
माघ २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई माघ महिना केही खर्चिलाे रहने देखिन्छ। आयस्राेतमा मन्दी आउने र लगानीमा अधिक रकम खर्च हुने समय छ। हठ गर्ने बानीले आत्मीय सम्बन्ध कमजाेर हुनेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। परिवारमा असमझदारी बढ्नेछ। परिस्थितिवश फजुल खर्च बढ्नेछ र नयाँ कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। अध्ययनमा बाधा पुग्नेछ। यात्रामा अलि दुःख पाइने समय छ। गल्ती गर्दा नियमपूर्वक जरिवानामा परिनेछ। उधाराेमा व्यापार गर्नुपर्ला। पहिले आशा देखाउनेहरूले व्यवहारमा झुक्याउन सक्छन्। वादविवादमा अघि नसर्नुहोला। जोखिम हुने काम, हातहतियार र सवारीसाधन उपयाेग गर्दा सावधान रहनुहोला। सेयर तथा आर्थिक लगानीमा केही जाेखिम हुन सक्छ। सञ्चित रकम र उपलब्धि जाेगाउने प्रयास गर्नुहोला।