केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
मासिक राशिफल - कुम्भ
फागुन २०८२
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
कुम्भ राशिलाई फागुन महिनामा उच्च महत्त्वाकांक्षाले चुनाैती निम्त्याउन सक्छ। अरूको सुझावविपरीत आफ्नो निर्णय लागू गर्दा समस्यामा परिनेछ। अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। पद–प्रतिष्ठाका पछि लाग्दा श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुख्ने र चाँडो रिस उठ्ने समस्या देखापर्ने छन्, सजग रहनुहोला।
रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङ गाउँमा शनिवार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्दा वातावरण भावुक बनेको थियो । यो गाउँ...