
श्रीस्वस्थानी व्रत समापन
श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमादेखि महिलाहरूले एक महिनासम्म गर्ने कठिन व्रत हो। यस व्रतका आराध्य भगवान् शिव र जगज्जननी पार्वती हुनुहुन्छ। पौराणिक ग्रन्थहरूको प्रमाणअनुसार हिमालयपुत्री पार्वतीको क्रीडाभूमि नेपाल हो। भगवान् शिवकी शक्तिस्वरूपा जगज्जननी माता पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वरका रूपमा प्राप्त गर्ने मनोकांक्षा राख्नुभएको थियो। र, यही मनोकांक्षा सिद्ध गर्न सर्वप्रथम भगवतीले गर्नुभएको कठिन व्रत नै श्रीस्वस्थानी व्रत हो। मनमा जिज्ञासा उठ्छ, स्वयं पार्वतीले आराधना गर्नुभएकी भगवती श्रीस्वस्थानी माता को हुनुहुन्छ ? आउनुस्, यस’bout परिचर्चा गरौं– माता पार्वती पूर्वजन्ममा दक्षप्रजापतिकी पुत्री सतीदेवी हुनुहुन्थ्यो। श्रीस्वस्थानी व्रतकथामा उल्लेख भए अनुरूप उनै सतीदेवीसँग भगवान् शिवजीको विवाह भएको थियो। कुनै समयमा दक्ष प्रजापतिले ठूलो यज्ञको आयोजना गरे। ब्रह्मा, विष्णु, इन्द्रादि तेत्तीसकोटि देवतालाई अङ्गनासहित आमन्त्रण गरे तर आफ्नै ज्वाइँ शिवजी र छोरी सतीदेवीलाई निम्तो गरेनन्। साक्षात् यज्ञमूर्तिलाई यज्ञमा तिरस्कार गरेकाले सतीदेवीको चित्त बुझेन र यज्ञस्थानमा गई पितासँग गुनासो गर्दा उल्टै शिवजीलाई अवहेलना, तिरस्कार र निन्दा गरेपछि सतीदेवीलाई झन् असह्य पीडा भयो। सतीदेवी शिवकी अधाङ्गिनी मात्र नभएर शक्तिस्वरूपा हुनुहुन्थ्यो। सती र शिव प्रकृति र पुरुषका स्वरूप हुनुहुन्थ्यो। त्यसैले सतीले शिवको निन्दा जस्तो महापाप गर्ने आफ्नै पितासँगको सम्बन्धलाई सदाका लागि अन्त्य गर्ने प्रण गर्नुभयो । र, आफ्नो प्राण भगवान् शिवमा अर्पण गर्दै यज्ञकुण्डमा हामफालेर शरीर त्याग गर्नुभयो। शिवको निन्दा गर्ने दक्षको यज्ञ शिवगणबाट विध्वंस भयो। वीरभद्रले दक्षको शिर छेदन गरी यज्ञकुण्डमा होमिदिए। त्यसपछि दक्षपत्नी विरणीको करुण पुकारलाई सम्मान गरी उनै वीरभद्रले दक्षप्रजापतिलाई पशुरूपमा जीवनदान दिए। समस्त यज्ञस्वरूप भगवान् शिवजी हुनुहुन्छ। उनै यज्ञमूर्तिलाई निम्तो र यज्ञभाग नदिई उल्टै तिरस्कार र निन्दा गर्दा दक्ष प्रजापतिले गर्न लागेको यज्ञ त्यसै पनि निष्फल र विपत्तिकारक हुन्थ्यो, सतीको आँसु र श्राप लागेपछि दक्षप्रजापतिको दुर्दशा के भयो, सबै कथामा वर्णन गरिएको छ। आफ्नी अभिन्न शक्तिस्वरूपा अर्धाङ्गिनी सतीको देहत्यागले भगवान् शिवमा वैराग्य उत्पन्न भयो र सतीको मृतदेहलाई बोकेर पृथ्वीको भ्रमण गर्न थाल्नुभयो। यसो गर्दा सतीदेवीको शरीर गल्न थाल्यो र अंगहरू शरीरबाट छुट्टिँदै झर्न थाले। भगवतीका अंग पतन भएका पावन भूमिमा अभिन्न रूपमा शिव र शक्तिले निवास गर्नुभयो। पृथ्वीका विभिन्न स्थानमा शिवका अंशस्वरूप ज्योतिर्लिङ्ग र शक्तिपीठ स्थापित भए। यसरी विभिन्न स्थानमा उत्पत्ति भएका शक्तिपीठहरूमा स्थानीय भक्तहरूले भक्तिभावले सेवा, पूजन, तपस्या गर्दा शिवशक्तिबाट वरदान प्राप्त गरेका प्रसंगहरू कथामा छन्। ती प्रसंगहरूले शक्तिपीठको महत्त्व दर्साएका छन्। सतीदेवीले हिमालय पर्वतकी पत्नी मेनकाको गर्भबाट पुनर्जन्म लिएपछि पार्वती नाम रहन गएको हो। पार्वतीले आफ्नो पूर्वजन्मको संस्कारअनुरूप शिवजीलाई मनमनै वर वरण गरिसक्नुभएको थियो। तर पार्वती विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने तयारी थाल्नुभयो। जब यो कुरा पार्वतीलाई थाहा भयो, अनि भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गरी कठोर तपस्या गर्न थाल्नुभयो। जब शिवकी अर्धाङ्गिनी बन्ने सङ्कल्प गरी पार्वतीले शिवको तपस्या गर्नुभयो, यसबाट आशुतोष महादेव खुसी हुनुभयो र पार्वतीसामु प्रकट भई भगवान् विष्णुको आज्ञा लिएर आफूलाई पतिका रूपमा पाउने उपाय गर्न सुझाव दिनुभयो। विष्णुले महादेव पति पाउन श्री स्वस्थानीको व्रत गर्ने सल्लाह दिनुभयो अनि सर्वप्रथम पार्वतीले विधिपूर्वक एक महिनासम्म श्रीस्वस्थानी व्रत गर्नुभयो। श्रीस्वस्थानी भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चार बाहु भएकी, शिवको शक्तिस्वरूपा हुनुहुन्छ। यस्ती श्रीस्वस्थानी माताको व्रतका प्रभावले पार्वतीले आफ्नो देहमा शिवको शक्तिरूपलाई धारण गर्ने वरदान प्राप्त गरी महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो। सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको प्रसङ्ग यहाँ उल्लेख भइसक्यो। कालान्तरमा माता पार्वतीले आफूले गरेको व्रत दीनदुःखीहरूलाई पनि गर्न सुझाव दिनुभयो। सात वर्षको उमेरमा ७० वर्षका बुढा शिवशर्मा ब्राह्मणसँग विवाह भई गर्भवती भएका अवस्थामा श्रीमान् गुमाएकी गोमा ब्राह्मणीलाई यो व्रत गर्न सप्तऋषिका माध्यमबाट माता पार्वतीले सन्देश पठाउनुभयो। श्रीस्वस्थानी व्रतका प्रभावले उनको उद्धार भएको प्रसंग श्रीस्वास्थानी कथामा छ। परदेश गई बेखबर भएको छोरा नवराज व्रतका प्रभावले तत्काल फर्किएर लावण्य देशको राजा भए। यस्तै नदीमा बगेर आएको श्रीस्वस्थानी व्रतको प्रसादमात्र भेट्टाई बगाउनेलाई आशीर्वाद दिँदा बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भयो। उनै गोमा ब्राह्णीकी बुहारी चन्द्रावतीले अहंकारवश श्रीस्वस्थानी परमेश्वरीलाई निन्दा र तिरस्कार गर्दा शालिनदीमा वर्षौंसम्म अचेत भएर दुःख पाइन्। उनलाई काँधमा बोकेर हिँड्ने श्रद्धालु डोलेहरूले भने दिव्यलोक प्राप्त गरे। पछि श्रीस्वस्थानीको व्रतका प्रभावले चन्द्रावतीको उद्धार भयो। यी सबै प्रसंग स्वस्थानी कथामा आउँछन्। श्रीस्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेषमान्तक वन हाम्रै देश नैपालको काठमाडौंमा छन् । यो व्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेका थिए भनी स्कन्द पुराणमा उल्लेख छ। ‘स्वस्थानी’ भनेकी आफ्नै स्थानकी देवी हुन्। नेपाल हिमालयकी पुत्री पार्वतीको क्रीडाभूमि पनि हो। यही भूमिमा तपस्या गरी पूर्ववत् शिवकी अभिन्न शक्ति बनेकी माता पार्वतीलाई नै श्रीस्वस्थानी परमेश्वरीका नामले जनाइएको हो। शिव–पार्वतीले विभिन्न स्वरूपमा क्रीडा गर्नुभएका पाशुपतक्षेत्र, श्लेषमान्तक वन, वनकाली, वाग्मती नदी, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुह्येश्वरीलगायत सतिदेवीका अङ्ग पतन भएका विभिन्न शक्तिपीठ तथा महादेव मन्दिर, पवित्र शालीनदी आदि स्थानमा महिनाभरि श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर स्वस्थानी मेला नै लाग्ने गर्दछ । स्वस्थानीको व्रत लिन पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर घर–आँगन शुद्ध पारी व्रतको तयारी गर्नुपर्दछ। व्रतीले महिनाभरि एकछाक शुद्ध फलाहार गरी भुइँमा नयाँ राडी–पाखी अथवा शुद्ध ओछ्यान लगाएर सुत्नुपर्दछ। पौष शुक्ल पूर्णिमाको दिन बिहानै स्नान तथा नित्यकर्म गरेर शुद्ध भई शुद्ध आसनमा बसेर ‘आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको व्रतअन्तर्गत प्रत्येक दिन मध्याह्नमा पूजा र राति कथा श्रवण गरी समाप्तिका दिन पारण गर्नेछु’ भनी मनले संकल्प गरेर व्रत प्रारम्भ गर्नुपर्दछ। श्रीस्वस्थानीका व्रतीले दिनहुँ माघस्नान गर्ने, मनमा आराध्यदेवको भक्तिभावले स्मरण गर्ने, षोडशोपचारले पूजा गरी आराधना गर्ने, मन्त्रजप गर्ने र एक छाकमात्र सात्विक भोजन गर्ने अनि साँझमा आराध्य देवाधिदेव महादेव र माता पार्वतीका गुणानुवादले युक्त कथा वाचन, श्रवण, कीर्तन गर्ने विधान छ। यसरी महिनाभरि पवित्र भएर व्रत गरेपछि माघ शुक्ल पूर्णिमामा व्रतको पारण गर्नुपर्दछ। स्वस्थानी व्रतमा पार्वतीले बाल्यकालमा बालुवाको शिवलिङ्ग बनाई पूजा गरेको हुनाले श्रीस्वस्थानीको व्रत लिँदा बालुवाको शिवलिङ्ग बनाई पूजा गर्ने चलन छ। उक्त शिवलिङ्ग नजिकै चामलको टपरीमाथि अष्टदल लेखिएको तामाको थाली राखेर पूजा गर्नुपर्दछ। उक्त थालीमा श्रीस्वस्थानी माताको आभूषणहरूले शोभायमान प्रतिमा स्थापना गरी भगवतीका पार्षदका साथमा महादेव समेतलाई पञ्चामृत, चन्दन, धूप, दीप, नैवेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रव्य, सेलरोटी, हलुवा इत्यादि अर्पण गरेर षोडशोपचारले पूजा गर्नुपर्दछ। पूजापछि हातमा फूल लिएर हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गर्नु पर्दछ– सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् । अर्थात् भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चार बाहु भएकी, यस्ती श्रीस्वस्थानी माताको ध्यान गर्दछु । मध्याह्न कालमा श्री स्वस्थानी मातासँगै भगवान् श्री महादेवको पूजाअर्चना गर्नुपर्दछ। पूजापछिआफूले चिताएको कामना पूर्ण होस् भनी श्रीस्वस्थानी मातालाई अर्घ्य दिनुपर्दछ। साँझको पूजापछि श्रीस्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ। कथामा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। कथापछि आरती गर्नुपर्दछ। यस क्रमले प्रतिदिन पूजा गरेपछि माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मध्यभागमा स्थापना गर्ने र श्रीस्वस्थानी मातालाई पनि सँगै राखी पूजा गरेर सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फूल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू, १०८ भेटी, जौ, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनुपर्दछ। अन्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ। पूजापछि १०८ परिक्रमा गरी दण्डवत् प्रणाम गर्नुपर्दछ। व्रत पारायणपछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ्य दिई माथिका सबै १०८ प्रसादहरूमध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित आफ्ना श्रीमानलाई, श्रीमान नभए आफ्ना छोरालाई, छोरा पनि नभए मीत छोरालाई, मीतछोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सयरोटी आफूले फलाहार गरी पारण गरेको रात्रिमा जाग्राम बस्नु भन्ने विधिविधान श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ। श्रीस्वस्थानी व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको हुँदा यो व्रत बस्नाले चिताएजस्तै वर प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ। यो व्रतका प्रभावले गोमा ब्राह्मणीको जस्तै सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। नेपालमा धेरै श्रद्घा र विश्वासका साथ महिलाहरूले गर्ने व्रत मध्येको एक श्रीस्वस्थानी माताको व्रत हो।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे, दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदीश्वरीम् ।।
यति कर्म गरेपछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथाको फलश्रुति रहेको छ।

२०७८ सालको पञ्चाङ्ग तथा शुभ साइत
हालसालै “नेपाल पञ्चाङ्ग निर्णायक समिति” बाट स्वीकृत भई २०७८ सालको शुभ-साइत तथा पञ्चाङ्ग सर्वसाधारणहरूका लागी सार्वजनिक भएको “नेपाली पात्रो” परिवार सबैमा अवगत गराउन चाहन्छ। हिन्दु धर्म तथा परम्परा अनुसार विवाह, व्रतबन्ध, अन्न प्राशन जस्ता माङ्गलिक एवम् शुभ कार्यका लागि साइत जुराउनु पर्ने हुन्छ जुन एक महत्त्वपूर्ण कार्य हो। र, यस महत्त्वपूर्ण कार्यको लागी पञ्चाङ्गको सहायता लिने गरिन्छ। नेपाली पात्रोले यस सूचना मार्फत सबै नेपाली पात्रो प्रयोगकर्ता र अन्य सर्वसाधारणको लागी २०७८ सालको पञ्चाङ्ग अनुसार विवाहको साइत, घरको जग राख्ने साइत, घर सर्ने साइत तथा व्रतबन्ध गर्ने साइत जस्ता माङ्गलिक कार्यक्रमहरूको साइत यस सूचना द्वारा जानकारी गराउँदै छौ। शुभ-साइतहरूका दिनहरूको विवरण: अन्नप्राशन (पास्नी) मुहूर्तहरु महिना गते (हरू) बैशाख ६, २०, र ३१ जेठ ३, र १० असार १७, र ३१ साउन ११, २२,र २९ भदौ ४, १६, र २४ असोज/आश्विन ७, र २२ कार्तिक ११ मंगसिर १३, ८, १६, २४, र २७ पुस २३ माघ १३, २०, २४, र २८ फागुन २, ९, र २० चैत्र १६, र २३ गृहारम्भ (जग राख्ने) मुहूर्तहरु महिना गते (हरू) बैशाख ११ साउन ९ कार्तिक ३, र २९ मंगसिर २४, र २७ गृह प्रवेश (घर सर्ने) मुहूर्तहरु महिना गते (हरू) बैशाख ११ र २५ जेठ ८, १०, २१ र २२ माघ/मार्ग १३, र २८ धान्यच्छेदन (मुठी लिने) मुहूर्तहरु महिना गते (हरू) भदौ २४ र ३१ असोज/आश्विन १३, २२, १७, २१, र २५ कार्तिक १२, २१,२४ र २८ नवान्नप्रशान (न्वागी खाने) मुहूर्तहरु महिना गते (हरू) माघ/मार्ग ९ दोकान खोल्ने मुहूर्तहरू महिना गते (हरू) बैशाख ११, १२, २०, २५, २६, र ३१ जेठ ८, ९, १६, २१, २२ र २३ असार ६, १२, १७, १८ र २७ साउन/श्रावण २, ९, १४, १६, २०, २९ र ३० भदौ ४, १६, र १९ असोज/आश्विन २१ कार्तिक ३, ४, ११ र २४ मंगसिर १, ५, ९, १३, १५ र २७ पुस ४, ११, १२, र १६ माघ ८, १३, २४, र २८ चैत्र २०, २३ र २४ रुद्री जुर्ने दिनहरू महिना गते (हरू) बैशाख ११, १२, १३, १५, १७, १८, १९, २१, २४, २५, २६ र ३० जेठ ३,४, ५,७, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९ असार १, २, ३ ५, ८, ९, ११, १४, १५, १६, १८, २१, २२, २३, २८ र ३१ साउन १, ३, ६, ७, ८, १०, १२, १३, १४, १५, १७, २०, २१, २२, २६, २९, ३० र ३१ भदौ ३, ४, ५, ७, १०, ११, १२, १४, १७, १८, १९, र २० असोज/आश्विन २२, २५, २६, २८, र ३१ कार्तिक १, २, ४, ७, ८, १०, १२, १५, १६, २३, २४, २५, २७ र ३० मंगसिर १, २, ४, ७, ८, ९, ११, १४, १५, १६, २०, २२, २३, २४, २६ र २९ पुस १, २, ३, ५, ८, ९, १०, १२, १५, र १६ माघ १, २, ४, ८, ९, ११, १४, १५, १६, २०, २३, २४, २५ र २७ फागुन १, २, ३ र ५ चैत्र १४, १५, १६, २०, २३, २४, २५, २७, र ३० अग्नि जुर्ने दिनहरूमहिना गते (हरू) बैशाख ९ , ११ , १२ , १४ , १६ , १८, १९ , २१ , २३ , २५ , २७ र ३० जेठ १ , ३ , ५ , ७ , ८ , १०, १२, १४, १७, १९, २१, २३, २५, २८ र ३१ असार २, ४, ६, ८, ११, १३, १५, १७, १९, २०, २२, २४, २७, २९, र ३१ साउन २, ३, ५, ७, ९, १२, १४, १५, १८, २०, २२, २५, २७, २९, र ३२ भदौ २, ४, ७, ९, ११, १३, १५, १७, १९ र २१ असोज/आश्विन २१, २३, २५, २६, २८, र ३० कार्तिक १, ३, ५, ८, ११, १३, १४, १६, २२, २४, २६, २८, र ३० मंगसिर २, ४, ५, ७, ९, ११, १३, १५, १७, १९, २१, २३, २५, २६, र २८ पुस १, ५, ७, ९, ११, १३ र १५ माघ २, ४, ६, ८, ११, १३, १५, १७, २०, २२, २३, २५, २७, र २९ फागुन २, ४ र ६ चैत्र १३, १५, १७, २०, २२, २४, २६, २७ र २९ व्रतबन्ध मुहूर्त महिना गते (हरू) जेठ ९ असार ६, ७, र २७ माघ २०, र २८ फागुन ६ चैत्र २०, २३, २८, र ३० विवाह मुहूर्त महिना गते (हरू) बैशाख १०, ११, १७, र २४ जेठ ७, ८, १०, १५, २०, २१, र २२ असार ४, ५, ६, ७, १०, १२, १७, १८, र ३१ मंगसिर ५, १२, १३, १४, १९, २५, २६, र २७ माघ ८, ११, १३, २२, २३, २७, र २८ फागुन ६ —-समाप्त—-

भ्यालेन्टाइन डे- प्रेम दिवस - प्रणय दिवस
परिचय भ्यालेन्टाइन डे, जसलाई सेन्ट वेलेंटाइन दिवस वा सेन्ट भ्यालेन्टाइनको पर्व पनि भनिन्छ, हरेक वर्ष आज फेब्रुअरी १४ का दिन मनाइन्छ। यो एक “वेस्टर्न क्रिस्टियन भोज” दिवसको रूपमा सुरु भएको थियो जसमा एक वा दुई प्रारम्भिक क्रिश्चियन शहीदहरू लाई सन्त भ्यालेन्टाइन को सम्मान गरिएको थियो, जुन अहिले आएर महत्त्वपूर्ण सांस्कृतिक, धार्मिक, र विश्वको धेरै क्षेत्रमा रोमान्स र प्रेमको व्यावसायिक उत्सवको रूपमा लोकप्रिय भएको छ । उत्पत्ति विश्वव्यापी रूपमा यसको उत्सव परम्परा र आगमन भ्यालेन्टाइन डे उत्सव नेपालमा १९९२ को आसपास देखि वा अर्को शब्दमा भन्नु पर्दा १९९० उत्तरार्द्धमा बिस्तारै सबैको सामु पुगेको विषयवस्तु हो। यो एम टिभी, तथा पूर्वीय गीत-सङ्गीतमा समर्पित एफएम रेडियो कार्यक्रमहरू र “प्रेम पत्र प्रतियोगिता” जस्ता व्यावसायिक टिभी च्यानलहरूमा भएका कार्यक्रमहरूको माध्यम बाट जनमानसमा फैलिएको थियो। प्रजातन्त्र र नयाँ व्यवस्था को विस्फोटले यसलाई थप मलजल र अनुमति दिएको देखिन्छ। यस उत्सवले कसरी मानिसहरूले आफ्नो माया प्रेम-स्नेह आदी प्रदर्शन गर्दै छन् भन्ने कुरामा तीव्र परिवर्तन ल्याएको देखिन्छ। जोडीहरूले प्रेमको प्रमाणको रूपमा मिठाईका बक्स हरू र उपहारहरू एक अर्कामा आदानप्रदान गर्न भ्यालेन्टाइन दिनको अवसर लिन्छन्। त्यस्ता उपहारहरूमा सामान्यतया चकलेट, कप केक, र रातो गुलाब इत्यादि समावेश गरिएका हुन्छन् जुन बलिदान र प्रेम को प्रतीक मानिन्छ। उपसंहार अब नयाँ पीढीले नै सोच्नु पर्ने बेला आएको छ, हामी र हाम्रो विभिन्न समुदायहरू सँग रहेका लोपोन्मुख पर्व वा दिनहरूलाई पनि सम्मान गरेर बिउँताउँदै अगाडी बढ्ने हो की ? वा सबै आगन्तुक दिवसहरूको पनि सम्मान एवम् आफ्नो मौलिक दिवस तथा पर्वहरूलाई अझ धेरै सम्मान गर्दै ती दिवस र पर्वहरूलाई पनि फेरि बिउँताउने, मनाउने आदी गर्दै सबैलाई समान सम्मान दिएर अगाडी बढ्दा अझ राम्रो हुने थियो कि। अब यसको निर्क्योल गर्ने पालो नयाँ पुस्ताको हातमा नै रहेको छ।
इटलीका सम्राट् क्लाउडिअस दोस्रोले सैनिक नागरिकहरूको विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी “भ्यालेन्टाइन” को बलिदानको सम्मानमा आज संसारभरि प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ। करोडौँको सङ्ख्यामा भ्यालेन्टाइन डे कार्डहरू, चकलेटहरू, फूलहरू अनि विभिन्न उपहारहरूको आदान-प्रदान गरी यो मायालु दिनको उत्सव अर्थात् आज नेपाल तथा विश्व भर “भ्यालेन्टाइन डे” मनाईदै छ।
सम्राट् क्लाउडिअस २ ले पादरी भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दी बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसँग उनको प्रेम बस्न वा रहन गयो र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाका लागि लेखेको चिठ्ठीमा “तिम्रो प्यारो भ्यालेन्टाइन” का तर्फबाट भनी आफूलाई प्रेषकका रूपमा गरिएको सम्बोधनबाट नै आजसम्म पनि मानव समुदाय अनि प्रेमीहरूले हृदयनिकट व्यक्तिलाई आफ्ना भ्यालेन्टाइनका रूपमा सम्झिने गर्दछन् ।
यो दिन १४ औँ र १५ औँ शताब्दीमा रोमान्टिक प्रेमसँग सम्बन्धित हुँदै गयो। १८ औँ शताब्दीको इंगलैंडमा, यो यस्तो अवसरको रूपमा परिणत भयो जसमा दम्पतीहरूले एक अर्कासँग फूलहरू आदान प्रदान गर्ने, चकलेट र मिष्टान्नको उपहार आदान प्रदान गर्ने तथा ग्रीटिंग कार्डहरू (जसलाई “भ्यालेन्टाइन” भनेर चिनिन्छ) पठाएर एक अर्काप्रति आफ्नो प्रेम व्यक्त गर्ने चलनको थालनी गरेको देखिन्छ। भ्यालेन्टाइन डे का प्रतीकहरू जुन आजको दिनसम्ममा पनि प्रयोग गरिन्छ ती हुन्: हृदयको आकारको रातो रङ्गको चित्र वा हृदय अङ्कित कुनै सामान , जोडी ढुकुर, र कामदेवको पखेटा युक्त चित्रणहरू समावेश गरिएका वस्तु, जुन बस्तुहरू सामान्यतया भ्यालेन्टाइन डेमा उपहारको रूपमा आदान प्रदान गरिने गरिन्छ।
भ्यालेन्टाइन डे उत्सव – बधाई कार्डहरू पठाउँदै, मिठाई आदान – प्रदान गर्दै र फूलहरू एक आपस लाई प्रदान गर्दै – प्रारम्भिक आधुनिक इंगलैंडमा विकसित भयो र १८-१९ औँ शताब्दीमा अंग्रेजी बोल्ने देशहरू हुँदै विश्वभर नै फैलिँदै गयो। पछि २० औँ र २१ औँ शताब्दी तिर, यो चलन अन्य देशहरूमा पनि फैलियो, जसरी हेलोवीन, वा क्रिसमस अनि सान्ता क्लाउड फैलिएका छन्। सिंगापुर, चिनियाँ र दक्षिण कोरियालीहरूले भ्यालेन्टाइनको उपहारमा सबैभन्दा बढी पैसा खर्च गर्दै पूर्वी एसियाली देशहरूमा भ्यालेन्टाइन दिवस मनाउने गरेको पाइएको छ।
नेपालमा, प्राचीन कालमा, प्रेमदेवका स्वामी कामदेवको पूजा गर्ने परम्परा रहेको थियो; जुन अहिले पनि विभिन्न मन्दिरका टुँडालहरूमा कुदिएका कामुक कलाकृति बाहेक कामसूत्रको लेखन समेत पनि यही कतै भएको हुन सक्ने र त्यसको एक उदाहरण पनि हो। यो परम्परा मध्य युगको वरिपरि हराइसकेको थियो, र सार्वजनिक स्थलहरूमा स्नेहको सार्वजनिक प्रदर्शनहरू नराम्रा दृष्टिले हेरिन थालियो। तर, १९९० को अन्तिममा आएर सार्वजनिक स्नेहमाथि को यो दमन पनि अलि खुल्ला हुन थाल्यो।
यस शताब्दी को नयाँ समयमा इन्टरनेटको लोकप्रियता र त्यसको प्रयोगको अत्यधिक वृद्धिले नयाँ परम्पराहरू पनि सिर्जना गरिरहेको देख्न सकिन्छ। लाखौँ व्यक्तिहरू, प्रत्येक वर्ष, भ्यालेन्टाइन डे दिवसको अवसरमा अभिवादन सन्देशहरू, ई-कार्डहरू, वा प्रिन्ट गर्न योग्य ग्रीटिंग कार्डहरू जस्ता सामग्री हरू पठाउनको लागि डिजिटल माध्यमहरू प्रयोग गर्ने गर्दछन्।
विदेशी पर्व वा उत्सव भए पनि नयाँ पीढीहरूले सबै प्रकारका पर्व चाहे त्यो आफ्नै देशको होस् वा आगन्तुक नै किन नहोस् सबैलाई समान सम्मान र व्यवहार गर्दै मनाउने अनकन पर्व मध्ये यो एक उत्सव पनि पर्न आउँछ। कसै कसैका लागी यस्तो आगन्तुक पर्व हरू विकृति को प्रतीक वा आफ्नो पहिचान माथि आक्रमण भएजस्तो लागे पनि खासमा भन्नु पर्दा यो पर्व भनौँ वा यो दिन “प्रेम दिवस” को रूपमा हेर्ने हो भने नेपालको नेवा: समुदायहरूले सदियौँ अगाडी देखि नै “मतिना पारु” नामक प्रेम दिवस मनाउने गरेको तर अहिले लोपोन्मुख झैँ भइसकेको उक्त दिवस सँग यस भ्यालेन्टाइन डे दिवसको समानता देख्न सकिन्छ। यो पनि पढ्नुहोस्, “मतिना पारु: नेवा: हरुको मौलिक प्रेम दिवस”।