
बैशाख ३० गते मतदाताले थाहा पाउनै पर्ने विषयहरु
काठमाडौँ । यही २०७९ बैशाख ३० गते शुक्रबार ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । देशभर एकै चरणमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनका लागि बिहान सबेरै ७ बजे देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।स्थानीय तह स्थानीय सरकार हो । स्थानीय तह स्वायत्त छन् । उसको आफ्नै कार्यापालिका, न्यायापालिका र व्यवस्थापिका हुन्छ । सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएकाले बहुमत वा अल्पमतका आधारमा प्रमुख र उपप्रमुखको जिम्मेवारी परिवर्तन गर्न सकिदैन । हरेक प्रतिनिधिले संविधानअनुसार गम्भिर प्रकारको अपराध नगर्दासम्म निर्वाचित भएपछि पुरा कार्यकाल स्थानीय तहको नेतृत्व गर्नेछन् ।स्थानीय तहलाई स्वायत्त अधिकार दिएको हुन्छ । यी अधिकार कार्यान्वयनमा स्थानीय तह स्वायत्त रहन्छन् । केन्द्र वा प्रदेश सरकारले कुनै पनि काममा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् । स्थानीय तहले आफैँ नीति तथा कार्यक्रम बनाउँछ, आफैँ कानून बनाउँछ । आफैँ बजेट बनाउँछ र कार्यान्वयन गर्छ । त्यसैले यसलाई स्थानीय सरकार भनिएको हो । तर केन्द्रको कानूनसँग बाझिने गरी कुनै पनि कानून, नीति तथा कार्यक्रम र बजेट बनाउन पाउँदैन । स्थानीय निर्वाचनबारे सामान्य जानकारीहरु समेटिएको यो सामाग्री NepalWatch को सहयोगमा Nepali Patro को लागि तयार पारिएको हो

रवि सप्तमी व्रत
भगवान् सूर्यनारायणको विशेष उपासना गर्ने दिनका रूपमा रवि सप्तमी लाई लिइन्छ। सूर्यदेवको कृपा हामी सबैलाई बनिरहोस्, रोग नलागोस् र शोक नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ। रोग र शोकको हरण गर्ने, विद्याबुद्धिको उत्तरोत्तर प्रगति गराउने कार्य सूर्यनारायणले गर्नुहुन्छ। विद्याबुद्धिकै लागि गायत्रीमन्त्रद्वारा पनि सूर्यदेवको नै उपासना गरिन्छ। यस वर्षका वर्षदेवता पनि सूर्यदेव नै हुनुहुन्छ ।रविवार सप्तमी तिथि परेको दिनलाई सूर्यनारायणको व्रत गर्ने उत्तम दिन मानिन्छ।अमा वा सोमवारेण रविवारेण सप्तमी ।
चतुर्थी भौमवारेण विषुवत्सदृशं फलम् ।।(अर्थ— सोमवारे औंसी, रवि सप्तमी, मंगल–चौथी, बुधाष्टमी, यी दिनहरू अत्यन्त पुण्यफलदायी मानिन्छन्।)मनले चिताएका सबै कामना पूर्ति हुने, अपुत्रलाई पुत्रप्राप्ति, कुमारीले राम्रो दुलाहा पाउने, जे–जे कामना गरेर व्रत गरिएको हो त्यो सबै कामनाअनुसारको फल रवि सप्तमीको व्रत गर्नाले प्राप्त हुन्छ । अतः रवि सप्तमी व्रत नित्य पनि हो र कामनाविशेषले गरिने भएकाले काम्य पनि हो ।रवि सप्तमी - व्रत लिने विधि
क) पूजा सामग्री तयार गरी कर्मपात्रो (तिलानि= तामाको भाँडामा कुश, जल, तिल, जौ, चन्दन, अक्षता, फूलपाती मन्त्रसहित राखिएको, संकल्प गर्दा कुश लिने पात्र ) बाट कुश लिई संङ्कल्प गर्ने–…..अद्य रविसप्तम्यां मम समस्त –रोग–निवारणार्थं – आयुष्य–वृद्ध्यादि–सकलकामनासिद्धये (…आफूले चिताएको कुरा भए यहाँ उल्लेख गर्ने) श्री सूर्यनारायण–प्रीत्यर्थं दीप–कलश–गणेशादि–पूजनपूर्वकं रविसप्तमी–व्रतमहं करिष्ये ।ख) दीयो, कलश, गणेश, रक्षाबन्धन र कलशका मुखमा गणपति आदि देवताहरूको पूजा गरेर तामाको थालीमा रातो चन्दनले अष्टदल लेखेर सूर्यदेवको ध्यान गर्ने –
(रातो फूल लिएर हात जोडेर यो मन्त्रले ध्यान गर्ने)तेजोरूपं सहस्रांशुं सप्ताश्व –रथगं वरम् ।
द्विभुजं वरदं पद्मं लाञ्छनं सर्वकामदम् ।।यसपछि प्राणप्रतिष्ठा आदि गरेर सूर्यको षोडशोपचारले पूजा गर्नुपर्दछ ।
यसरी पूजा गर्दा धूप–दीपको क्रममा पुगेपछि सूर्यनारायण भगवानका अङ्गहरूको पूजा गर्नुपर्दछ—१. मित्राय नमः पादौ पूजयामि।
२. रवये नमः जंघे पूजयामि।
३. सूर्याय नमः जानुनी पूजयामि।
४. खगाय नमः ऊरू पूजयामि।
५. पूष्णे नमः गुह्यं पूजयामि।
६. हिरण्यगर्भाय नमः कटिं पूजयामि।
७. मरीचये नमः नाभिं पूजयामि।
८. आदित्याय नमः जठरं पूजयामि।
९. सवित्रे नमः हृदयं पूजयामि।
१०. अर्काय नमः स्तनौ पूजयामि।
११.भास्कराय नमः कण्ठं पूजयामि।
१२. अर्यम्णे नमः स्कन्धौ पूजयामि।
१३. प्रभाकराय नमः हस्तौ पूजयामि।
१४. अहस्कराय नमः मुखं पूजयामि।
१५. प्रध्नाय नमः नासिकां पूजयामि।
१६. जगदेकचषुक्षे नमः नेत्रे पूजयामि।
१७. सवित्रे नमः कर्णौ पूजयामि।
१८.त्रिगुणात्मधारिणे नमः ललाटं पूजयामि।
१९. विरिञ्चिनारायणशङ्करात्मने नमः शिरः पूजयामि।
२०. तिमिरनाशिने नमः सर्वाङ्गे पूजयामि।यसपछि धूप–दीप, नैवेद्य, फल, ताम्बूल, दक्षिणा आरती पुष्पाञ्जलि, पूर्णपात्रो, दक्षिणासंकल्प गरी अर्घ्य दिई विसर्जन गर्नुपर्दछ।
अर्घ्य दिने मन्त्र—नमः सहस्रकिरण ! सर्वव्याधिविनाशन !!
गृहाणार्घ्यं मया दत्तं संज्ञया सहितो रवे ।।यसपछि विसर्जन गरेर टीका–प्रसाद लगाएर सूर्यनारायणको भजनकीर्तनका साथ रात्रिमा जाग्राम बस्नु पर्दछ ।भगवान् सूर्यनारायणको विशेष उपासना गर्ने दिनका रूपमा रवि सप्तमी लाई लिइन्छ। सूर्यदेवको कृपा हामी सबैलाई बनिरहोस्, रोग नलागोस् र शोक नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ। रोग र शोकको हरण गर्ने, विद्याबुद्धिको उत्तरोत्तर प्रगति गराउने कार्य सूर्यनारायणले गर्नुहुन्छ। विद्याबुद्धिकै लागि गायत्रीमन्त्रद्वारा पनि सूर्यदेवको नै उपासना गरिन्छ। यस वर्षका वर्षदेवता पनि सूर्यदेव नै हुनुहुन्छ । रविवार सप्तमी […]

ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा
ललितपुर रातो मत्स्येन्द्रनाथ रथयात्रा। विविध संस्कृति, परम्परा, रीतिरिवाजमा धनी मानिने हाम्रो देश नेपालमा वर्ष दिनभरि मनाइने विभिन्न चाडपर्वहरूमध्येको एक हो ललितपुरको रातो मत्स्येन्द्रनाथको रथयात्रा। विशेष गरी यस क्षेत्रका नेवार समुदाय लगायत अन्य जात-जातीले समेत मनाउने यस रथयात्रा ललितपुरको मात्र नभई नेपालकै सबभन्दा लामो समय सम्म मनाइने पर्वको रूपमा परिचित रहेको छ। करिब एक हजार ६०० वर्ष पुरानो इतिहास बोकेको रातो मत्स्येन्द्रनाथको रथयात्रा पाटन अर्थात् ललितपुरको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौँ उपत्यका लगायत नेपालकै लागि समेत एक महत्त्वपूर्ण स्थान ओगटेको जात्राको रूपमा परिचित छ। यो जात्रा नेपाली पात्रो अनुसार वैशाख शुक्ल प्रतिपदाको दिन देखि सुरु भई असार शुक्ल चौथी सम्म झन्डै दुई महिना पछि समाप्त हुने गर्छ। रातो मत्स्येन्द्रनाथ (वंग द्यः) को रथयात्रा ललितपुर परिक्रमा गर्ने क्रममा पुलचोकमा रथारोहण गरी, त्यहाँ बाट सुरु भए पछि न: टोल - गा बहाल- महापाल - मङ्गल बजार - ललितपुरको सुन्धारा बाट लगनखेल हुँदै अन्तमा जावलाखेल (जा ह्वला ख्यः =भात छर्ने चौर) पुराएर भोटो जात्रा गरे पछि समापन हुने गर्छ। नेपाल भाषामा जावलाखेलको नाम “भात छर्ने चौर” को रोचक प्रसङ्ग सँग पनि जोडिएको छ। त्यस ठाउँलाई भनिएको “जा ह्वला ख्यः” नै अपभ्रंश भएर अहिलेको जावलाखेल हुन पुगेको हो। भोटो जात्राको अघिल्लो दिन भूतप्रेत पन्छाउन रथ वरिपरि भात छर्ने गरिने हुनाले जावलाखेल- जा ह्वला ख्यःको नामले परिचित थियो।सनातन हिन्दु धर्मावलम्बीहरूले रातो मछिन्द्रनाथ लाई गुरु करुणामयको रूपमा पुज्ने गर्छन् भने नेपालका बौद्ध धर्मावलम्बीहरूले “पद्म पाणि लोकेश्वर” को रूपमा पूजा गर्ने गर्छन्। लिच्छवी कालमा राजा नरेन्द्रदेवको पालामा सुरु भएको यो जात्रा को रथ अर्थात् रातो मछिन्द्रनाथ (श्री करुणामय वंग द्यः) को रथ त्यस छेत्रको स्थानीय “वाराही” जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता समेत रही आएको छ। यस रातो मत्स्येन्द्रनाथको जात्राको क्रममा सब भन्दा पहिले म्हेपीको डाँडाको माटो लेराइ त्यस माटोबाट करुणामयको मूर्ति बनाइन्छ। अनि एक कलशमा रहेको भँवरा रूपी देवताको आत्मा त्यस माटोको मूर्तिमा प्रतिस्थापन गर्ने गरिन्छ। चैत्र महिनाको पूर्णिमाका दिन विधिवत् पूजा गरेपछि त्यसको भोलिपल्ट देखि रथ निर्माणको काम सुरु गर्ने गरिन्छ। रथ निर्माण गर्ने क्रममा ३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाकै रथ निर्माण गर्ने गरिन्छ भने त्यस रथ गुडाउने पाङ्ग्राको परिधि पनि ३२ हातकै हुने यस रथमा पुरानो वास्तुकलाको ज्वलन्त नमुना रहेको पाइन्छ। काठ र बेतको प्रयोग बाट कुशल संयोजनका साथ बनाइने रथ अत्यन्त मजबुत हुन्छ भने पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा रथ अग्लो हुने हुँदा समेत रथ आधा ढल्कँदा पनि हतपती पल्टँदैन। यति अग्लो र सन्तुलित ढङ्गले निर्माण गरिने रातो मच्छिन्द्रनाथको रथ अवश्य पनि विश्वको उत्कृष्ट काली गढीको एक नमुना हो। विभिन्न तिथिमा अनेकन् कर्म तथा कृत्य गर्दै वैशाख कृष्ण प्रतिप्रदाको दिन करुणामय/ रातो मत्स्येन्द्रनाथको “न्हवं” अर्थात् स्नान गर्ने कार्य गरिन्छ। स्नान पछि वैशाख शुक्ल प्रतिपदाको दिन रथारोहण गरी अक्षय तृतीयाका दिन गो-दान, शान्ति स्वस्ति गर्दै चौथी तिथिमा रथ यात्रा प्रारम्भ हुन्छ। नेपालको जीवित सम्पदाको रूपमा समेत चिनिने रातो मच्छिन्द्रनाथको रथलाई निर्माण पश्चात् भने हरियो धुपीले सजाउने गरिन्छ।यसरी रथ यात्रा भोटो जात्रा पछि समापन गर्दै मत्स्येन्द्रनाथको मूर्ति भने बुङ्गमती लगेर राखिन्छ। मत्स्येन्द्रनाथको मूर्ति वर्ष को ६ महिना पाटन र ६ महिना बुङ्गमती राख्ने चलन रहेको छ। मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा अनिकाल भएको कारण लिच्छवी कालमा भक्तपुरका राजा नरेन्द्रदेवले काठमाडौँका तान्त्रिक बज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथ चक्र समेतले मत्स्येन्द्रनाथलाई आसामको कामरूप कामख्याबाट ल्याएको भन्ने भनाइ रहेको छ।यिनै व्यक्तिहरूले आपसमा सर-सल्लाह गरी सूर्यनारायण दक्षिणायनको समय को १२ पक्ष (६ महिना) बुङ्गमतीमा राख्ने र सूर्यनारायण उत्तरायणको समयमा १२ पक्ष अर्थात् पछिल्लो ६ महिना पाटनमा राख्ने चलन चलाएका थिए। जस अनुरूप अझै सम्म पनि ६ महिना रातो मत्स्येन्द्रनाथको मूर्ति पाटनमा र ६ महिना बुङ्गमतीमा रहने प्रचलन अद्यापि छदै छ। यस जात्रामा बाजा गाजा र शार्दूल जङ्गको पल्टन सम्मिलित हुँदै बढाई गर्ने चलन पनि छ। रथ गा: बहाल पुगेको रातमा 'छोय्ला भू' भनी एक भोजको आयोजना गर्ने र समय-बजी बाँड्ने परम्परा पनि रहेको छ।आर्य-अवलोकितेश्वर भनी पनि चिनिने रातो मत्स्येन्द्रनाथलाई करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्म पाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पनि पुकारिँदै आइएको छ। तर, नेवार समुदायले भने 'बुंग द्यः' नामबाट रातो मत्स्येन्द्रनाथलाई लोकप्रिय बनाएका छन्। पुलचोकमा रथारोहण गराएपछि सुरु हुने रातो मत्स्येन्द्रनाथको रथ यात्रा लगनखेलमा भोटो देखाए पश्चात् मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथयात्रा समापन गर्ने गरिन्छ। ललितपुर रातो मत्स्येन्द्रनाथ रथयात्रा। विविध संस्कृति, परम्परा, रीतिरिवाजमा धनी मानिने हाम्रो देश नेपालमा वर्ष दिनभरि मनाइने विभिन्न चाडपर्वहरूमध्येको एक हो ललितपुरको रातो मत्स्येन्द्रनाथको रथयात्रा। विशेष गरी यस क्षेत्रका नेवार समुदाय लगायत अन्य जात-जातीले समेत मनाउने यस रथयात्रा ललितपुरको मात्र नभई नेपालकै सबभन्दा लामो समय सम्म मनाइने पर्वको रूपमा परिचित रहेको छ। करिब एक हजार ६०० […]