
विश्व खेलकुद पत्रकार दिवस
परिचय
विश्व खेलकुद पत्रकार दिवस, हरेक वर्ष जुलाई २ का दिन विश्वभर मनाइने गरिन्छ। विश्व खेलकुद पत्रकारहरूको सर्वोच्च संस्था ए.आइ.पी.एस (इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन) स्थापना भएको अवसरमा “विश्व खेलकुद पत्रकार दिवस” संसारभर मनाइने गरिन्छ। नेपाल पनि सन् २००६ मा ए.आइ.पी.एसको सदस्य बनेको थियो। फ्रान्सको पेरिसमा सन् १९२४ मा सम्पन्न भएको “गृष्म ओलम्पिक ” (समर ओलम्पिक) को अवसरमा एकै थलोमा भेला भएका खेल पत्रकारहरू मिलेर ए.आइ.पी.एस को स्थापना गरेका थिए। त्यहि दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। यस दिनको स्थापना १९९४ मा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन को ७० औँ वार्षिकोत्सवको अवसरमा मनाउन थालिएको हो। जुनै पनि खेलकुद कार्यक्रमहरूलाई चित्र र भिडियो (श्रव्य-दृश्य) को माध्यमबाट खेलकुद प्रेमी हरूको माझ पुर्याउने काम गर्नुहुने सम्पूर्ण खेलकुद पत्रकारहरूको सम्मानमा यो दिवस मनाउने गरिन्छ। यो संस्था अफ्रिका, अमेरिका, एसिया र युरोपका देशहरूमा स्थापित भएको छ। खेल-पत्रकारहरू यस संस्थामा आबद्ध भई खेलकुद समाचारहरू सम्प्रेषण, प्रकाशन, प्रवर्द्धन अनि प्रसारण गर्ने काम गर्दछन्।खेल पत्रकारहरूको भूमिका
खेलकुद सम्बन्धी समाचार र खेलकुदका कार्यक्रमहरू लाई दर्शकहरू माझ पुर्याउन खेलकुद पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। खेलकुद हुँदै गरेको स्थान बाट आफ्नो जिउ-ज्यान समेत बाजी राखेर क्यामेराको मददले प्रत्यक्ष प्रसारण गर्ने काम समेत खेलकुद पत्रकारहरू कै मेहनतको फल हुने गरेको छ। हामीले घर बसी बसी खेलकुदका समाचारहरू हेर्न उनीहरूकै मेहनतले गर्दा पाएका छौ। नेपालमा खेल पत्रकारिता
नेपालमा खेलकुद पत्रकारहरूको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्चले स्पोर्टस अवार्ड तथा विभिन्न कार्यक्रमहरू गरेर यो दिवस हरेक वर्ष मनाउँदै आएको छ। नेपालमा खेलकुदका ठुला ठुला कार्यक्रमहरू हुन नसके पनि भएका खेलकुदहरूमा पत्रकारहरूको उपस्थिति र भूमिका भने महत्त्वपूर्ण रहने गर्छ। यो दिवस खेलकुद पत्रकारहरूको हकहित, सुरक्षा र व्यावसायिकताको लागि विश्व भरि मनाउने गरिन्छ। खेल समाचार सम्प्रेषणका क्रममा मृत्युवरण गरेका पत्रकारहरूको नामको सम्झना पनि आजको दिनमा गर्ने गरिन्छ।खेल पत्रकार - निष्पक्ष पत्रकारिता
यस खेल पत्रकारिता खेलसँग सम्बन्धित खबरहरूको एक विशिष्ट प्रकार हो। प्राय सबै मिडिया समूह हरूसँग खेल पत्रकारिताको छुट्टै एउटा विभाग रहेको हुन्छ। आजको युगमा, संसारभरि शान्ति र भ्रातृत्वको खेल प्रवर्द्धन गर्न प्रयोग गर्न सकिने हरेक प्रकारका अवसरहरू सृजना गर्न खेल पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्छ। र, खेलले हामी सबैलाई हरेक काममा निष्पक्ष र इमानदार हुन पनि सिकाउँछ।खेल पत्रकारहरूमा ज्ञान
सबै देश र राष्ट्रहरूबिच शान्ति र सौहार्दताको एउटा राम्रो उदाहरण बसाल्नु नै खेल पत्रकारिताको जिम्मेवारी पूर्ण काम हो। 'एउटा खेल पत्रकारले खेलको संसारलाई मात्र नभएर सम्पूर्ण विश्वलाई अझ राम्रो बनाउनको लागि भूमिका खेल्न सक्दछ। उसले संसारभरमा शान्ति र आदर्शको उदाहरण समेत पनि दिन सक्छ। खेलकुद पत्रकारितामा भाषा, अभिव्यक्ति र सञ्चारको ज्ञानको साथ साथै खेलको तौर तरिका र नियमहरूका साथ साथै खेल सँग सम्बन्धित शब्दावलीहरूको बारेमा पनि सचेत हुन आवश्यक हुन्छ।खेल पत्रकारले मात्र नभई सबै पत्रकार तथा हरेक पेसा मा लागेकाहरूले समयको माग अनुसार आफू लाई अपडेट अर्थात् परिमार्जन गर्न पनि आवश्यक हुन्छ। अनि मात्र खेलकुद र खेल पत्रकारितामा पनि उत्तिकै विकास र सम्भावना हरू प्रस्फुटित हुने छन्। खेल पत्रकारितामा नयाँ प्रविधिको प्रयोग गर्दै यसलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेमा पनि खेल पत्रकारितामा लाग्ने हरुले विचार पुर्याउनु पर्ने हुन्छ।खेल र खेल पत्रकारिताको सम्बन्ध
खेलकुद र खेल पत्रकारिता एक अर्काका पूरक हुन्। खेल नभएको खण्डमा खेल पत्रकारिताको पनि आवश्यकता नहुन सक्छ। त्यसैले खेलकुद र खेल पत्रकारिताको महत्त्व र सम्बन्ध अहिलेको समयमा धेरै देख्न सकिन्छ। पत्रकारिताको छेत्रमा खेल पत्रकारिताले अलग्गै महत्त्व बोकेको हुन्छ। खेल सम्बन्धी विशेष टिप्पणी एवं समाचार नै खेल पत्रकारिताको विषय हो।विभिन्न स्तर जस्तै राष्ट्रिय, अन्तरास्ट्रिय, जिल्ला अनि राज्य स्तर गरी विभिन्न स्तरमा खेलकुदको बारेमा जानकारी दिने काममा खेल पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। पत्रपत्रिका, रेडियो एवम् टेलिभिजन र अरु डिजिटल माध्यम सहित सबै क्षेत्रमा खेल पत्रकारहरूको उपस्थिति रहेको हुने हुनाले हामीले खेल सम्बन्धी सबैजसो समाचार पढ्न, सुन्न र हेर्न समेत सक्छौ। यसरी विभिन्न प्रकार र विभिन्न स्तरमा खेलिने खेलहरूको समाचार सम्प्रेषण गर्ने कार्य गर्नुहुने सम्पूर्ण खेल- पत्रकार हरूको भूमिका को बारेमा छलफल एवम् अन्तरक्रिया तथा विभिन्न कार्यक्रम गरेर खेल-पत्रकारिता दिवस मनाउने गरिन्छ।खेल सम्बन्धी विशेष टिप्पणी र विस्तृत समाचार प्रस्तुत गर्ने गराउने र खेल सम्बन्धी सम्पूर्ण जानकारी दिने काम खेल पत्रकारको हुने भएकोले यो एउटा महत्त्वपूर्ण पेसाको रूपमा रहेको कुरालाई कसैले नकार्न सक्दैन । सुस्म र खोजपूर्ण पत्रकारिताको जगको रूपमा खेल पत्रकारिता रहेको हुन्छ। खेल पत्रकारिता को मर्म
खेलको नियम र तौर तरिका हरुको शब्दावलीको पूर्ण जानकारी र ज्ञान नभएको खण्डमा खेल पत्रकारिता को मर्म भने स्थापित गर्न सकिँदैन। यस पेसामा भाषाको पनि समुचित ज्ञान महत्त्वपूर्ण रहेको हुन्छ, भने सच्चाई प्रकट गर्ने र गराउने साहस हुनु पनि यस पेसाको एक महत्त्वपूर्ण अङ्गको रूपमा हेर्न सकिन्छ। तेज गतिमा लेख्न, र भन्न अनि प्रस्तुत गर्न सक्नु बाट यस पेसामा प्रगति गर्न सकिन्छ। हरेक पेसाको महत्त्व भए झैँ खेल पत्रकारिता को अझ झन् बढी महत्त्व खेल प्रेमीहरूको रुचि लाई बुझेर ठिक शब्द एवम् भाषाको प्रयोग गर्दै खेल प्रेमी हरूलाई खेलको बारेमा ठिक जानकारी दिने महत्त्वपूर्ण काम खेल पत्रकारको हुन्छ । यसै कारणले यस पेसालाई एक उत्तम पेसाको रूपमा हेरिने गरिएको छ।अन्तमा
नेपालमा ठुला खालका खेलकुद गतिविधि धेरै हुन नसकेको कारणले गर्दा खेल पत्रकारिता समेत पनि सोचेजस्तो रूपमा अगाडि बढ्न नसकेको देखिन्छ। तर पनि भविष्य राम्रो हुने सम्भावना सधैँ आत्मसात् गर्दै अगाडी बढ्नु नै खेल प्रेमी देखि खेल पत्रकारहरू समेत को अभिभारा हुन आउँछ। परिचय विश्व खेलकुद पत्रकार दिवस, हरेक वर्ष जुलाई २ का दिन विश्वभर मनाइने गरिन्छ। विश्व खेलकुद पत्रकारहरूको सर्वोच्च संस्था ए.आइ.पी.एस (इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन) स्थापना भएको अवसरमा “विश्व खेलकुद पत्रकार दिवस” संसारभर मनाइने गरिन्छ। नेपाल पनि सन् २००६ मा ए.आइ.पी.एसको सदस्य बनेको थियो। फ्रान्सको पेरिसमा सन् १९२४ मा सम्पन्न भएको “गृष्म ओलम्पिक ” (समर ओलम्पिक) […]

योगिनी एकादशी व्रत
आषाढ कृष्णपक्षको एकादशी तिथिलाई ‘योगिनी एकादशी’ भनिन्छ। ‘योग’ भनेको जोड्नु, मिलाउनु वा एकाकार गर्नु हो। मानवीय मनलगायत एकादश इन्द्रियलाई यी ६ वटा शत्रु र विषयवासनाबाट मुक्त गराई ईश्वरको सेवामा लगाएर अन्त्यमा आफ्नो देहभित्रको आत्मालाई मोक्ष अर्थात् ईश्वरत्व प्राप्त गर्न अभिप्रेरित गर्ने परमपावन दिवस भएकाले यस तिथिलाई ‘योगिनी एकादशी’ भनिएको हो।एकादशी तिथिका आराध्य भगवान् श्रीहरि विष्णु हुनुहुन्छ। यसर्थ यस तिथिमा पवित्र मनले व्रत बसी सम्पूर्ण जगतका पालनकर्ता परमात्मा श्रीहरि विष्णुको उपासना, सेवा, पूजा र चिन्तन गर्दा मानवमनमा ईश्वरको वास हुन्छ र मनले विशेष प्रकारको आध्यात्मिक ऊर्जा प्राप्त गर्दछ। आध्यात्मिक ऊर्जा ईश्वरको कृपाले मात्र प्राप्त हुन्छ। ईश्वरको कृपा प्राप्त गर्न विशेष साधना गर्नुपर्दछ। यसरी साधना गर्ने व्यक्ति निरोगी, दीर्घायु, तीव्र स्मरणशक्ति र शीघ्र स्फुरणशक्ति भएको मेधावी अर्थात् तीक्ष्ण बुद्धिवाला हुन्छ। उसमा अन्तर्निहित स्थितप्रज्ञाले भविष्यमा आइपर्ने सम्पूर्ण बाधा–व्यवधानलाई समयमै निराकरण गर्न सक्तछ।योगिनी एकादशी प्रसंग
इतिहास–पुराणमा द्वापरयुगको अन्त्यमा भगवान् श्रीहरिको अष्टम अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका भगवान् श्रीकृष्णले अनेक लीलाहरू प्रदर्शनका साथै पापाचारलाई समूल नष्ट गरी आसन्न कलियुगमा सम्पूर्ण लोकको उपकारका लागि विभिन्न सत्पात्रलाई उपदेश दिएर, धर्मको महत्त्व दर्साउँदै धर्माचरण गर्न लगाएर र स्वयं धर्मको पालना गरेर धर्मको स्थापना र संवर्द्धन गर्नुभएको इतिहास पाइन्छ।भगवान् श्रीकृष्णले निष्पाप एवं सच्चरित्रवान् धर्मराज युधिष्ठिरको जिज्ञासालाई शान्त पार्दै सम्पूर्ण एकादशी व्रतहरूको महिमा बताउनुभएको छ। यही सन्दर्भमा भगवानले आषाढ कृष्णपक्षको एकादशी अर्थात् योगिनी एकादशीको महिमा वर्णन गर्दै धर्मराज युधिष्ठिरलगायत सम्पूर्ण लोकलाई एकादशीजस्ता पावन दिवसमा व्रत गरी ईश्वरसँग साक्षात्कार गर्ने उपाय अवलम्बन गर्न सत्प्रेरणा प्रदान गर्नुभएको छ।काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता मनमा उत्पन्न हुने वृत्तिहरूले मानिसलाई ईश्वरबाट टाढा राख्ने हुँदा यिनलाई मानिसका मुख्य शत्रु मानिएको छ। यी शत्रुको संख्या ६ भएकाले संस्कृतमा शत्रु अर्थात् रिपुको संख्यात्मक अर्थ ६ रहन गएको हो। एकादशी व्रतका माध्यमले ईश्वरको भक्तिभावद्वारा यस्ता कुप्रवृत्तिलाई मनमा भित्र्याउने र कार्यान्वयन गर्ने एकादश इन्द्रियहरूलाई नियन्त्रणमा राख्न सकिन्छ। यसका साथै मनका कलुषित विचार र भावलाई निस्तेज पारी दया, करुणा, सद्भाव, सत्कर्म, ईश्वरभक्ति आदिद्वारा धर्म, अर्थ, काम र मोक्षको मार्ग अवलम्बन गर्न सकिन्छ।एकादशी व्रतका विशेष नियम पनि छन्। यस व्रतमा विशेषगरी उपवासको महत्त्व बताइएको छ। मनलाई ईश्वरभक्तिमा एकाग्र बनाउन र इन्द्रियहरूलाई वशमा राख्य यथासम्भव निराहार र सम्भव नभए फलाहार व्रत बस्न सकिन्छ। योगिनी एकादशीलाई भगवान श्रीकृष्णले सम्पूर्ण पाप नष्ट गरी यस जन्ममा विशेष भोग र परलोकमा मुक्ति प्राप्त गराउने व्रतका रूपमा व्याख्या गर्नुभएको छ। फलश्रुतिसहितको एउटा कथाप्रसंग पनि भगवानले धर्मराज युधिष्ठिरलाई बताउनुभएको छ, जुन यसप्रकार रहेको छ–स्वर्गलोकको अलकापुरी नामक नगरमा कुबेर नामका यक्षहरूका राजा थिए। उनी भगवान् शिवका परं भक्त भएकाले प्रतिदिन शिवको विशेष पूजा गर्दथे। उनले दैनिक पूजा गर्ने फूल ल्याउन हेम नामक मालीलाई खटाएका थिए। हेमकी विशालाक्षी नाम भएकी रूपवती पत्नी थिइन्। एक दिन हेमले मानसरोवरबाट पूजा गर्ने फूल लिएर आउँदै गर्दा बाटैमा पत्नीको स्मरण भयो र उसको मन कामातुर भएकाले ऊ फूल लिएर दरबार नगई घरतिर लाग्यो। घरमा पत्नीसँग क्रीडा गर्दागर्दै समय बितेको पत्तै पाएन।
उता दरबारमा मध्याह्नको पूजा गर्न फूल नआइपुगेपछि राजाले हेमको खोजी गरे। हेमको कामातुर चरित्र थाहा पाएका राजाका अन्य सेवकहरूले पत्नीसँग रमण गर्न गएको कुरा बताएपछि उसलाई तत्काल दरबारमा बोलावट भयो।हेमको क्रियाकलापले राजा क्रुद्ध भएका थिए। डरले काँप्तै आइपुगेको हेमलाई अघिल्तिर देखेपछि राजा कुबेरले ‘परं पूजनीय देवाधिदेव भगवान् शिवजीको अनादर गरिस्? तँ पापी, नीच, कामीलाई श्राप दिन्छु’ भनी ‘तैंले अब स्त्रीको वियोग सहनेछस् र मृत्युलोकमा गएर कोढी हुनेछस्’ भनेर श्राप दिए।कुबेरको श्रापले हेम माली स्वर्गबाट पतन भई तत्काल पृथ्वीमा झर्यो। भूमिमा आउनेबित्तिकै उसको शरीरमा कुष्ठ उत्पन्न भयो। स्त्रीबाट पनि उसको बिछोड भयो। त्यसपछि मृत्युलोकमा त्यस मालीले पाउनुसम्म दुःख पायो। घनघोर जंगलमा गएर अन्न र जल खान नपाएर लामो समयसम्म भड्किइरहयो। पीडैपीडाले ऊ गलित भयो। उसलाई रातभरि पनि निद्रा लाग्दैनथ्यो।पहिले गरेको शिवजीको सेवाका प्रभावले उसलाई अघिल्लो जन्मको स्मृति भने छँदै थियो। पूर्वजन्मको कर्मका प्रभावले एकदिन ऊ घुम्दाघुम्दै मार्कण्डेय ऋषिका आश्रममा पुग्यो। ब्रह्माजस्तै वृद्ध देखिने मार्कण्डेय ऋषिको आश्रम ब्रह्माको सभाजस्तै देखिन्थ्यो। हेम मालीले त्यहाँ गएर ऋषिलाई पाउमा दण्डवत् गर्यो।उसको स्थिति देखेर मार्कण्डेय ऋषिलाई दया लाग्यो र उनले भने, ‘तिमीले के पाप गर्यौ र तिम्रो यो हालत भयो?’ हेम मालीले सम्पूर्ण वृत्तान्त सुनायो। सबै सुनेपछि ऋषिले भन्नुभयो, ‘अवश्यै तिमीले मेरा सामु सत्य कुरा भन्यौ, त्यसैले तिम्रो उद्धारका लागि म एउटा व्रतको विधि बताउँछु। आषाढ कृष्णपक्षमा आउने योगिनी नामक एकादशीको विधिपूर्वक व्रत गर्यौ भने तिम्रा सबै पापहरू नष्ट हुनेछन्।यो सुनेर हेम मालीले अत्यन्त प्रसन्न भएर मुनिलाई साष्टांग प्रणाम गर्यो। मुनिले उसलाई स्नेहका साथ उठाउनुभयो। हेम मालीले मुनिको निर्देशनअनुसार विधिपूर्वक योगिनी एकादशीको व्रत गर्यो। यही व्रतका प्रभावले आफ्नो पहिलेको अवस्था पुनः प्राप्त गर्नुका साथै पत्नीसँग पुनर्मिलन भयो र सुखपूर्वक रहन लाग्यो।अन्त्यमा भगवान् श्रीकृष्ण भन्नुहुन्छ, हे राजन् युधिष्ठिर, योगिनी एकादशीको एउटै व्रतले ८८ हजार ब्राह्मणलाई भोजन गराए बराबर फलप्राप्ति हुन्छ। यो व्रत बस्नाले समस्त पाप हटेर जान्छन् र अन्त्यमा स्वर्ग प्राप्ति हुन्छ।आषाढ कृष्णपक्षको एकादशी तिथिलाई ‘योगिनी एकादशी’ भनिन्छ। ‘योग’ भनेको जोड्नु, मिलाउनु वा एकाकार गर्नु हो। मानवीय मनलगायत एकादश इन्द्रियलाई यी ६ वटा शत्रु र विषयवासनाबाट मुक्त गराई ईश्वरको सेवामा लगाएर अन्त्यमा आफ्नो देहभित्रको आत्मालाई मोक्ष अर्थात् ईश्वरत्व प्राप्त गर्न अभिप्रेरित गर्ने परमपावन दिवस भएकाले यस तिथिलाई ‘योगिनी एकादशी’ भनिएको हो। एकादशी तिथिका आराध्य भगवान् श्रीहरि […]

राष्ट्रिय धान दिवस-असार १५
असार १५, अर्थात् “राष्ट्रिय धान दिवस”, ‘कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने पनि गरिन्छ। किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट राज्यमा राजा शुद्धोदनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएका थिए। पछिल्लो समयमा भने कृषकहरूको श्रमको सम्मान गर्ने उद्देश्य अन्तर्गत कृषि मन्त्रालयले यो दिनलाई ‘राष्ट्रिय धान दिवस” का रूपमा मनाउन थालेको हो । नेपालमा २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउन सुरू गरिएको हो।नेपालमा, आजको दिन धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ। सरकारले सरकारी तवरबाट यो दिवसलाई आफ्नो कार्यक्रम गर्दै मनाउँछ भने ग्रामीण भेकका किसानहरूले आफ्नै तौर तरिकाले मनाउने गर्दछन् । असार १५ को दिन एक फेर मात्रै भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ। यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै, छुपु-छुपु गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापूर्व काल देखि नै असार १५ मा दही-चिउरा र साउन १५ मा खीर खाने चलन रहेको छ। नेपालमा, असारको १५ गते वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले पनि आजैको दिन देखि दिन छोटा र रात लामा हुँदै जाने हुँदा हिउँदको सुरुवात भयो भन्ने गर्छ। आजको दिन, हलगोरुले हिल्याएको खेतको हिलोमा छुपु-छुपु धान रोपेर आपसमा रमाउने र बाउसेहरू एक आपसमा हिलो छ्यापाछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन। असारे गीतका भाकाहरू मार्फत एक आपसमा माया-पिरती साट्न समेत आजको दिन प्रयोग भएको देखिन्छ। दही चिउरा सँग अचार र आप् जस्ता फलफूल सहित कृषक हरूले आजको दिन खेतमै खाजा खादै र गीत गाउँदै मनाउने चलन रही आएको छ। … असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,पातली नानीलाई फरिया किन्दा, छ-बिस ऋण लाग्यो…… यसरी रोपाइ गर्दा गर्दै थाकेको अवस्थामा पोषण अनि शीतलता प्रदान गर्ने पूर्वीय परिकार वा खाद्य सामग्री हो दही र चिउरा। यसरी खेतमै रमाइलो गर्दै र खाजा खादै माथिका हरफ जस्तै विभिन्न असारे गीतहरू पनि गाउने गरिन्छ। राष्ट्रिय धान दिवस, नेपालको कृषि क्षेत्रसँग सम्बन्धित भएकोले आजको दिन विभिन्न सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् भने कृषि मन्त्रालयले विभिन्न कृषि कार्यक्रमहरूमा धान रोपाई गर्दै राष्ट्रिय धान दिवस मनाउने गर्दछ। मुट्ठी रोपेर मुरी फलाउने दिनका रूपमा चिनिने आजको दिनलाई अधिकांश स्थानमा रोपाई गरी मनाउने गरिन्छ। विज्ञहरूका अनुसार वर्षामा हिलाम्य भएको शरीरलाई ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको हो।कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धान उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। यस दिन राजधानीको ललितपुर स्थित खुमलटारको कृषि कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरा जस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरूलाई समेत सामेल गराई रोपाई गर्ने चलन पनि केही वर्ष अघि देखि चलेको देख्न सकिन्छ। धान नेपालको प्रमुख खाद्यान्न बाली हो भने कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत धानले नै ओगटेको छ। कृषिमा धान ले २० प्रतिशत ओगटेको छ र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धान बाली रहेको पछिल्ला तथ्याङ्कहरू ले देखाउँछ। कृषि विभागको तथ्याङ्क अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ। तराईको समतल भूमिमा करिब ७० प्रतिशत, पहाडी भेगमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा वर्षा याममा धान खेती गर्ने गरेको पाइन्छ। नेपालको धान उत्पादन ३.१७ मेट्रिक टन प्रति हेक्टर रहेको र यो परिमाणलाई बढाएर लगभग ४ मेट्रिक टन प्रति हेक्टर बनाएको खण्डमा देशभित्रको मागलाई पुरा गर्न सकिने विज्ञहरूको भनाइ रहेको छ। केही दशक यता भने नेपालमा धान चामल जस्ता खाद्य बस्तु हरूको निर्यात अघिल्लो समय भन्दा अधिक मात्रामा हुने गरेको र उत्पादनमा ह्रास आएको देखिँदै आइएको छ। त्यसै गरी सरकारले आजको दिनलाई विशेष दिवसका रूपमा मनाउँदै आएता पनि आधुनिक प्रविधिको पहुँच आम किसानमा नभएका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा भने वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई रहेको छ।नेपालमा, धान उत्पादनमा कमी विभिन्न कारण बाट भएको देखिन्छ। देशको युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमिन जथाभाबी टुक्रिनु एवं घडेरीमा परिणत हुनु, सीमित व्यक्तिहरूको हातमा धेरै जमिनको स्वामित्व रहनु, उचित सिँचाइको व्यवस्था नहुनु र आकासे पानीको भर पर्नु पर्ने अवस्था रहनु, उन्नत जातको बीउ-वीजन, मल आदी को पर्याप्त मात्रामा उपलब्ध नहुनुका साथ- साथै सरकार द्वारा कृषिमा अनुदानको व्यवस्था नहुँदा समग्र कृषि व्यवस्था त्यसमा पनि धानको उत्पादनमा असर परेको विज्ञहरूको भनाइ रहेको छ। यी उल्लेखित कारणहरू बाहेक धान उत्पादनमा कमी ल्याउने कारणहरू भित्र विज्ञहरूको परामर्श लिने र त्यसलाई व्यवहारमा उतार्न नसक्नु पनि एक महत्त्वपूर्ण कारणको रूपमा हेर्न सकिन्छ। देशको परनिर्भरता घटाउने उद्देश्य बोकेर खाद्यान्न बाली र औद्योगिक बालीको महत्त्व बुझ्दै कृषि विभाग अन्तर्गत छुट्टा-छुट्टै बाली विकास केन्द्रहरूको स्थापना भएको छ। तर, जब सम्म यी केन्द्रहरूको प्रमुख उद्देश्य देशव्यापी रूपमा कृषकहरूका समस्या समाधान को लागि उचित कार्यक्रमहरू सञ्चालन गर्ने हुदैनन र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरेर धान उत्पादन बढाउने तर्फ ध्यान केन्द्रित हुदैनन त्यति बेलासम्म यस दिवसको महत्त्व समेत प्रस्ट नहुने देखिन्छ। राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरूको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ। राष्ट्रिय धान दिवसको नेपाली पात्रोको तर्फ बाट सबैलाई भरपुर शुभ - कामना। असार १५, अर्थात् “राष्ट्रिय धान दिवस”, ‘कृषि भूमिको संरक्षण गरौँ, धानको उत्पादन बढाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाइन्छ। आजको दिनलाई “रोपाई महोत्सव” वा “रोपाई दिवस” को रूपमा पनि चिनिन्छ। हाम्रो देश नेपाल, कृषि प्रधान देश भएकोले यहाँ परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने पनि गरिन्छ। किम्बदन्ती अनुसार कपिलवस्तु जिल्लाको ऐतिहासिक स्थान तिलौराकोट […]