केही समयदेखि यस वेबसाइटमा लेखिएको दैनिक,साप्ताहिक, मासिक र वार्षिक राशिफल केही वेबसाइटले अनुमतिबिनै स्रोत वा लेखकको नामसम्म नखुलाई वा खुलाएर कपी गरेको पाइएकाले हाम्रो गम्भीर आपत्ति रहेको छ। यसर्थ राशिफल कपी नगर्न सम्बद्ध सबैमा अनुरोध गरिन्छ। आगामी दिनमा पुन: कपी भएको पाइएमा कपीराइटको अधिकार बमोजिम कानुनी उपचार खोज्न बाध्य भइने कुराको जानकारी गराइन्छ ।
वार्षिक राशिफल - मीन
२०८२ | वार्षिक राशिफल
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मीन राशिलाई २०८२ साल केही उतारचढावमय रहनेछ। पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि वर्षकाे मध्यान्तरपछि स्थितिमा सुधार आउनेछ। हृदयभावका बृहस्पतिको प्रभावले चुनौतीपूर्ण जिम्मेवारी अँगाल्नुपर्ने देखिन्छ। आफन्तमा मतभेद, सगोल र साझेदारीमा समस्या, घरेलु द्वन्द्व जस्ता विघ्नबाधा आउन सक्छन्, सावधान रहनुहोला। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त भइरहनेछन्। कृषिकर्म, पशुपालन र व्यवसायमा फाइदा हुनेछ। मिहिनेतले नोकरीमा प्रवेश गराउन सक्छ। राजनीतिमा लाग्नेहरूलाई प्रतिष्ठाकाे पद प्राप्त हुने सम्भावना छ। भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका सन्तान सुख प्राप्त हुने समय छ। विद्यार्थीहरूका लागि वर्षको उत्तरार्ध फलदायी रहनेछ। केतुकाे प्रभावले प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। राेग र शत्रु पनि परास्त हुनेछन्। वर्षभरि शीर्षभावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति समेत बढ्नेछन्। शनिको मध्य साढेसाती प्रभावले जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई शरीरमा आलस्य, काममा विलम्ब, आर्थिक कठिनाइ, झुटा आरोप, मानहानि जस्ता समस्या आइलाग्नेछन्। आलोचकहरूले लोकप्रिय काममा समेत अवरोध पुर्याउन सक्छन्। उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ। खर्चस्थानका राहुको प्रतिकूलताले फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव पनि देखापर्न सक्छन्। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। विदेश ताक्नेहरूलाई यात्रा राेकिन सक्छ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा लाभ हुनेछ र सम्भावित समस्या टर्नेछन्। राहुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला। शनिका प्रतिकूल प्रभावबाट सुरक्षित रहन र शुभफल प्राप्त गर्न शनिवार पीपलकाे पूजा गरी जल चढाउनुका साथै काली भगवतीको समेत पूजा–आराधना गर्नुहोला। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।
विषय प्रवेश अन्तर्राष्ट्रिय हस्तक्षेपको स्वरूप आज प्रत्यक्ष युद्धमा सीमित छैन। आर्थिक प्रतिबन्ध, ऋण कूटनीति, डिजिटल नियन्त्रण, सूचना युद्ध र राजनीतिक....