
नेपाली पात्रोको मेगा अपडेट
नेपालकै सबैभन्दा लोकप्रिय एप नेपाली पात्रोले आफ्नो एपमा मेगा अपडेट ल्याउने भएको छ । प्रयोगकर्तालाई अझ सजिलो र सुबिधा दिनकालागि मेगा अपडेट (6.1.0) ल्याउन लागेको हो । यो अपडेट माघ १५ गते भन्दा अगाडी उपलब्ध हुनेछ । यो अपडेटमा प्रयोगकर्ताले आफ्नो कार्यक्रमहरू बनाउन पाउनेछन् भने जन्म तिथी तथा श्राद्ध जस्ता तिथीमा आधारित मितीहरूको रिमाइण्डर राख्न पाउनेछन् । नयाँ एप अपडेट हुँदा 5.0.6 भर्जनको एप भन्दा अगाडीको भर्जनहरूमा रहेको कार्यक्रमहरू हराउन सक्ने हुँदा 5.0.6 भन्दा अगाडीका एप प्रयोगकर्ताहरूले गुगल लगइन गर्नु पर्ने भएको छ । यस्तै, यो अपडेटमा प्रयोगकर्ताले नयाँ युजर इन्टरफेस तथा विज्ञापनरहित एप पाउनेछन् । यस अन्तर्गत प्रयोगकर्ताले डार्क थिम, आकर्शक डिजाइन पाउनेछन् भने वार्षिक रू १०० मा विज्ञापन रहित सब्स्क्रिप्सन लिन सक्नेछन् । यस्तै, नयाँ अपडेटमा प्रयोगकर्ताले कुण्डली तथा नेपाली पात्रो ज्योतिष सेवा लिन सक्नेछन् । जसअनुसार आफ्नो तथा परिवारको कुण्डली बनाउन मिल्ने साथै नेपालका संस्कृत विश्वविद्यालयका प्राध्यापक गुरुहरूसगँ ज्योतिष परामर्श लिन मिल्ने सुबिधा उपलब्ध गराइएको छ । यसैगरी, नेपाली पात्रो एपकै सबैभन्दा लोकप्रिय समाचार पढ्न सकिने फिचरलाई अझ सजिलोको लागि यस अपडेटमा समाचार नपढिकन, एपले नै समाचार पढेर सुनाइदिने भएको छ । एपमा हाल विभिन्न चर्चित अनि लोकप्रिय ६० भन्दा बढी न्युज पार्टनर (सञ्चार माध्यम) रहेका छन् । साथै उस्तै खालका समाचारहरू एकै ठाउँमा सङ्ग्रह गरिएको छ । प्रयोगकर्ताको गुनासोलाई महसुस गर्दै यस अपडेटमा सुन चाँदीको भाउ, दैनिक विदेशी विनिमयको दर सजिलै हेर्न मिल्नुका साथै ईकाई परिवर्तन (आना, धार्नी, माना, रोपनी, विघा, कठ्ठा, मुठ्ठी जस्ता नेपाली इकाइहरूलाइ मिटर, घनत्व, किलोग्राम ) जस्ता अन्तराष्ट्रिय मानक मा परिवर्तन गर्ने सुवधा उपलब्ध गराइएको छ ।

शहीद दिवस
नेपालमा माघ १६ गतेका दिनलाई “शहीद दिवस” को रूपमा मनाउने गरिन्छ। प्रत्येक वर्ष माघ १० गते देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन १६ गते विशेष रूपमा शहीद दिवस मनाउने गरिन्छ। सम्पूर्ण व्यक्तिहरू जसले देशका लागि आफ्नो प्राणको आहुति दिने कार्य गरेका थिए उहाँहरूनै नेपालका शहीदहरू हुन। शहीद भन्ने शब्दले ती अमर मानिसहरूलाई जनाउँदछ जसले जनताको विभिन्न अधिकार, देश, संस्कृति र अस्तित्वको रक्षा गर्न र हरेक देशभक्त नागरिकको मन-मस्तिष्कमा सधैँ रहने गरी स्वतन्त्रताका लागि आफ्नो बलिदान दियो। विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। यस दिन नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलन लगायतका नेपालमा नयाँ शासन व्यवस्था ल्याउन देशका लागी आफ्नो प्राणको बलिदान दिने ज्ञात र अज्ञात सबै शहीदहरूलाई उहाँहरू गरेको बलिदानको सम्झना स्वरूप माघ १६ शहीद दिवस को रूपमा मनाउने गरिन्छ। प्रथमतः नेपालमा जहानियाँ राणा शासन विरुद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन चलन थालिएको हो। नेपालको पहिलो शहीद भनेर लखन थापालाई लिइने गरिन्छ भने यस दिन राणा शासन विरुद्ध लडेका विभिन्न शहीदहरू लगायतका शहीदहरू धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री हरुको सम्झना गरिन्छ । शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, र गङ्गालाल श्रेष्ठ हरू सहित जनता हरू राणा शासनको विरोध गर्ने कार्य गरेका थिए। यसरी जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गरेको एवम् शिक्षित गर्ने गरेको आरोपमा तत्कालीन राणा शासकले विसं १९९७ मा उहाँहरूलाई मृत्युदण्ड दिएको थियो। विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा “नेपाल प्रजा परिषद्” स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि लड्नु पर्ने र क्रान्ति गर्न प्रेरित गरेको अभियोगमा विसं १९९७ को माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पचलीमा रहेको खरीको रूखमा झुन्ड्याई मृत्युदण्ड दिइएको थियो। यसै गरी शहीद धर्मभक्त माथेमालाई वि. सं १९९७ माघ १३ गते सिफलमा रुखमा झुन्ड्याइएको थियो र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले गोली हानी मृत्युदण्ड दिने कार्य गरेको थियो। मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व (माओवादी जन युद्ध), विसं २०६२/६३ सालको जनआन्दोलन, त्यस पछि भएको मधेस आन्दोलन तथा अरु विभिन्न प्रकारका अधिकार एवं पहिचानहरूका लागी भएका विभिन्न आन्दोलनहरूमा ज्यान गुमाउने व्यक्तिलाई शहीद घोषणा गर्ने प्रचलन देशमा रहेको छ। यति धेरै आन्दोलन अनि सङ्घर्ष भएको र अनगिन्ती व्यक्तिहरूले आफ्नो ज्यान गुमाएका छन् तर सरकारसँग भने हालसम्म मुलुकमा कति व्यक्ति शहीद भएका छन् भन्ने कुनै आधिकारिक तथ्याङ्क अझै पनि उपलब्ध भने छैन। नेपाल प्रजातन्त्र ल्याउने आन्दोलन करिब विसं. २००७ नै सुरु भएको र विसं २०४५ को जनआन्दोलन पश्चात् नेपालमा प्रजातन्त्रको आगमन भएको थियो। त्यसपछि फेरि नेपालमा “मसाल” नामक राजनैतिक पार्टी फुटेर “नेपाल माओवादी पार्टी” जन्मिएको थियो जसले गर्दा नेपालले १० वर्ष लामो जनयुद्ध खेपेर अहिले देश गणतन्त्रमा प्रवेश गरेको छ । नेपालमा वि .सं २०५२ फागुनमा सुरु भएको माओवादी सशस्त्र विद्रोह वि. स २०६३ सालमा आएर नेपालका सम्पूर्ण राजनैतिक पार्टीहरूको संयोजकत्वमा विभिन्न वार्ता पछि शान्तिपूर्ण रूपमा सकिएको थियो। २१ नोभेम्बर २००६ (मङ्सिर ०५, २०६३ विसं) को दिन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले मुलुक र जनताको प्रगतिका लागि प्रजातन्त्र र शान्तिप्रति वचनबद्ध भई विस्तृत शान्ति सम्झौता २००६ (विसं २०६३) मा हस्ताक्षर गरे। संविधानसभाको निर्वाचन अप्रिल १०, २००८ (२०६४ चैत्र २८) मा सम्पन्न भयो र मे २८, २००८ (२०६५ ज्येष्ठ १५) मा नवनिर्वाचित संविधानसभाले २४० बर्से राजतन्त्रको अन्त्य गर्दै नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषित गर्यो। २० सेप्टेम्बर २०१५ (असोज ३, २०७२ वि.स ) मा नेपालको नयाँ संविधानसभाका सभासद्हरूको बहुमतबाट घोषणा गरियो। यस ऐतिहासिक उपलब्धिबाट नेपाली जनताले निर्वाचित प्रतिनिधि निकायबाट संविधान बनाउने दशकौँ लामो सपना साकार भएको छ। जनयुद्धले राजनीतिक र सामाजिक रूपमा धेरै परिवर्तन ल्याएको छ । यति लामो जन युद्धले देशलाई धेरै मानवीय तथा संरचना हरुको क्षति गरेको भएता पनि २०६३ (वि स २००६) मा गणतन्त्र आएर नयाँ संविधानको घोषणा सँगै नेपाल नयाँ तरिकाले विकासोन्मुख भएको तथ्य लाई नजर अन्दाज गर्न अवश्य पनि सकिँदैन। तर , सशस्त्र विद्रोहको १० वर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आज पनि कयौँ मानिस बेपत्ता छन्। छोटकरीमा भन्दा खेरि यति धेरै शहीदहरुको अमुल्य बलिदान र प्राण दिएर तथा नेपाली जनताले युगौँ देखि सङ्घर्ष गरेर स्थापना भएको नयाँ व्यवस्था बाट देश प्रगतिको बाटोमा अग्रसर हुन पर्ने देखिन्छ। तर धेरै राजनैतिक पार्टीहरूको राजनैतिक, व्यक्तिगत स्वार्थहरूको कारण यति धेरै शहीदहरूले देशको लागि दिएको प्राणको आहुति व्यर्थमा जान सक्ने अवस्था नआवोस भनेर जनता सदैव सचेत रहनु पर्ने देखिन्छ। त्यसै गरी चुनावमा पार्टीगत स्वार्थमा नलागीकन स्वछ छवि भएको ठिक व्यक्ति छान्ने ठुलो जिम्मेवारी अब नेपाली जनताको नै काँधमा आएको छ। वीर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ र अरु धेरै शहीद हरुको सङ्घर्षमय जीवन, उहाँहरूका बलिदानको गाथा र विभिन्न प्रजातान्त्रिक आन्दोलनहरूका अन्य योद्धाहरूले दिएको योगदानलाई कदर गर्न, सम्झिन र उहाँहरू प्रति श्रद्धा-सुमन व्यक्त गर्नको लागि शहीद दिवस मनाइने गरिएको हो। नेपालमा विभिन्न समयमा भएका विभिन्न आन्दोलनहरूमा होमिएर राष्ट्र र नव सन्ततिहरूका हक, अधिकार, पहिचान जस्ता विभिन्न किसिमका अधिकारहरूका लागि वीर गति प्राप्त गरेका शहीदहरूको साहस र त्यागको उच्च लेखाजोखा अनि मूल्याङ्कन गर्दै आज माघ १६ लाई शहीद दिवसको रूपमा मनाइएको हो। महानगरपालिकाको संयोजकत्वमा एक मूल समारोह समिति गठित गरेर आज बिहान रत्नपार्कस्थित शान्ति वाटिकाबाट बिहान सबेरै प्रभातफेरी सुरु गरी उक्त प्रभातफेरी लैनचौरस्थित सहिद स्मारकमा पुगी विशेष कार्यक्रमका साथ शहीद दिवस मनाउने गरिन्छ। उक्त कार्यक्रममा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणहरु लगायत सर्वसाधारण हरू पनि सहभागी हुने गर्दछन्। प्रभात फेरीको अन्त्यमा लैनचौर स्थित शहीदको सालिकमा प्रधानमन्त्री वा उपस्थित मध्येमा रहेको विशिष्ट व्यक्तिले माल्यार्पण गर्ने कार्यक्रम पछि शहीद दिवस यस वर्षको लागी अन्त्य गर्ने चलन रहिआएको छ । हामी सबैले हाम्रा शहीदहरूले हाम्रा र आगामी पुस्ता समेतका विभिन्न अधिकारहरूका लागि आफ्नो प्राणको आहुति दिएको तथ्यलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन भने आजको दिनलाई विशेष प्राथमिकताका साथ मनाउने गर्नु पर्छ। यदि उहाँहरूले त्यति धेरै सङ्घर्ष र आफ्नो प्राण सम्मको आहुति नदिनुभएका भए हामी अहिले पनि पुरानै शासन व्यवस्थामा रुमल्लिइरहेका हुने थियौ। शहीद दिवसको परिचय
शहीदहरुको इतिहास
माओवादी जन युद्ध
शान्ति सम्झौता २००६ (विसं २०६३)
शहीदहरूको बलिदान
शहीद दिवस : निष्कर्ष

राष्ट्रि्य भूकम्प सुरक्षा दिवस
आज माघ २ गतेको दिन देशभर २२ औँ राष्ट्रि्य भूकम्प सुरक्षा दिवस मनाइँदै छ। नेपालमा विभिन्न समयमा धेरै चोटि साना ठुला गरी धेरै भूकम्प जाने गरेका छन् । नेपालमा बि.स २०४५ को भूकम्प, २०७२ सालको महाभूकम्प, त्यस भन्दा बढी मानिसहरू माझ भूकम्पको कुरा हुँदा भने बि .स . १९९० को महा-भूकम्पकोनै धेरै कुरा हुन्छ जसमा धेरै जनाले ज्यान गुमाएका थिए। नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा पर्दछ। भूकम्पको दृष्टिले नेपाल केही देशहरू, जापान, चिन, इन्डोनेसिया , इरान, तुर्की र इटाली भन्दा पनि अत्यन्तै सक्रिय स्थानमा रहेको छ। यसको मुख्य कारण करौडौ वर्ष पहिले अफ्रिकन प्लेट छुट्टिएर आई युरेसियन प्लेट सँग ठोक्किँदा हिमालयको उत्पत्ति भएको र यसै दुई प्लेट बिच सधैँ जसो घर्सन भइरहने हुन्छ। यसै घर्सनको क्रममा कुनै बेला कुनै स्थानको चट्टान सर्ने वा फुस्किने, जस्ता अवस्था भएमा भूकम्प जान्छ। संसारमा भूकम्पको लामो इतिहास छ र भूकम्पलाई हामी हरेक वर्ष राष्ट्रि्य भूकम्प सुरक्षा दिवसका दिनमा सम्झना गर्ने गर्छौँ। हाम्रो देशमा राखिएको भूकम्पको अभिलेख अनुसार पहिलो भूकम्पको घटना राजा अभय मल्लको शासनकालमा सन १२५५ को जुन १ (११९८ बि.स.) को ७.८ रेक्टर स्केल थियो जुन भूकम्पले राजाको ज्यान समेत लिएको थियो र काठमाडौँको त्यति बेलाको जनसङ्ख्याको एक तिहाइ भाग मेटिदिएको थियो भन्ने अभिलेखमा लेखिएको पाइन्छ। अभिलेख अनुसार त्यस बेला देखिनै नेपालले प्रति शताब्दीमा कम्तीमा एउटा धेरै ठुलो भूकम्प बेहोर्दै आएको छ। जसको मतलब त्यस अघि पनि भूकम्प जाने गर्थे जुन अभिलेखमा नलेखिएका हुन् सक्छन् । यसरी नेपालमा हरेक ८०-९० वर्ष देखि १ सय वर्षको अन्तरालमा ६ रेक्टर स्केल देखि ९ अथवा ९ भन्दा बढी रेक्टर स्केल सम्मको ठुला- भूकम्पहरू जाने र त्यो भन्दा पनि सानो सानो रेक्टर स्केल का भूकम्प हरू भने गई नै रहेका हुन्छन् जुन मानिसहरूले खासै त्यति धेरै महत्त्व नदिएको पनि देखिन्छ। तर, भूकम्प नेपालको मात्र समस्या नभएर सम्पूर्ण संसार लाई नै विभिन्न समयमा दुख: दिई रहने एक त्यस्तो प्रकारको प्राकृतिक प्रकोप हो जुन हामी मानव जातीको हातमा नभएको कुरा प्रस्ट छ । नेपालमा धेरै भूकम्प जानु को एक कारण भने अफ्रिकन प्लेट उता बाट छुट्टिएर आई युरेसियन प्लेट सँग ठोक्किएर हिमालयको उत्पत्ति भएको र यसै दुई प्लेट बिच सधैँ जसो भई रहने घर्सन र त्यस बाट उत्पन्न हुने तरङ्ग नै एक कारण हो। यसै कारण हाम्रो देशमा साना तिना भूकम्पहरू गई रहन्छन् भने ७०-८० /८०-९० वर्षको अन्तरालमा ठुला भूकम्पहरू जाने गर्दछन् । वि.सं. १९९० साल को माघ २ गते को दिन गएको महाभूकम्पको सम्झनामा आज देशभर भूकम्प ’bout र यसबाट कसरी बच्न सकिन्छ भन्ने जस्ता कुराहरू जन-साधारणहरु लाई जानकारी दिने उद्देश्य का साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी “राष्ट्रिय भूकम्प सुरक्षा दिवस” मनाइँदै छ। भूकम्प एउटा नितान्त प्राकृतिक प्रकोप हो यसलाई रोक्न भने सकिन्न तर हामी यसबाट हुनसक्ने सम्भावित जोखिमहरूबाट आफूलाई जोगाउन भने अवश्य पनि सक्छौ। ’cause भूकम्पले हामीलाई मार्ने हैन त्यसैले भूकम्प आएपछि हामीले अपनाउनुपर्ने सावधानीहरू अपनाएको खण्डमा केही हद सम्म भए पनि भूकम्पको क्षति कम भने अवश्य गर्न सकिन्छ। सामान्यतया भूकम्पबाट हुने मानवीय क्षति भनेको भूकम्प आउने बित्तिकै डराएर घरको झ्याल , कौसी वा अग्लो स्थान बाट हाम फालेर हुने गर्दछ भने हामी आफैले बनाएको घर वा अरु वरिपरि रहेका घरका गाह्रा भित्ता हरू अथवा पर्खाल आदिले किचेर मानिसहरूको ज्यान जान्छ । बि.स २०७२ साल अर्थात् सन २०१५ अप्रिल २५ को गोर्खा महाभूकम्प बिहान समय ११:५६ मा बजे गएको र यो ८ .७ – ८ .८ रेक्टर स्केलको महाभूकम्पको केन्द्रबिन्दु बारपाक थियो र यसको हाइपोसेन्टर लगभग ८.२ किलोमिटरको गहिराई मा थियो। गोर्खा काठमाडौँबाट सिधा ८० कि.मि भने सडकबाट १८० कि.मि मा अवस्थित छ। यस महाभूकम्पले, ९००० जति व्यक्तिहरूको ज्यान लियो भने २२,००० भन्दा बढी घाइते भएका थिए। त्यस भूकम्पको मुख्य केन्द्रबिन्दु गोरखाको बारपाक भएता पनि काठमाडौँ लगायत देश भरि र भारतको समेत केही सहर सम्म यसको धक्का महसुस भएको थियो । भोलिपल्टै फेरि दक्षिण पूर्व , सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाई ६.७ रेक्टर स्केलको अर्को ठुलो पराकम्पन गएको थियो भने यस दुई दिनका भूकम्पहरूको पराकम्पन झन्डै एक वर्ष सम्म १०० भन्दा बढी महसुस गरिएको थियो। मुख्य भूकम्पको लगत्तै पराकम्पनहरुको शृङ्खला सुरु भयो, १५ देखि ३०-३५ मिनेटको अन्तरालमा, पराकम्पन ६. ६ रेक्टर स्केल सम्मका थिए । भूकम्पको उद्गम विन्दुलाई हाइपोसेन्टर र केन्द्रबिन्दु लाई इपिसेन्टर भन्ने गरिन्छ। यस भूकम्पले छोमोलुङ्मा “माउन्ट एभरेस्ट” मा ठुला ठुला हिम पहिरो सुरु गर्यो जसका कारण २२ जनाको ज्यान गयो। यस भूकम्पले २५ अप्रिल २०१५ लाई इतिहासमा हिमालको सबैभन्दा खतरनाक दिनको रूपमा चिनायो । यसै भूकम्पले लाङ्टाग उपत्यकामा पनि अर्को ठुलो हिम पहिरो निम्त्यायो, उक्त पहिरोले त्यस उपत्यकामा २५० व्यक्ति बेपत्ता भएको रिपोर्ट गरिएको थियो। यस भूकम्पले देशका धेरै जिल्लाहरूमा समग्र गाउँहरू सखाप पार्यो भने हजारौँ नेपाली घरबार विहीन भए। युनेस्कोको विश्व सम्पदा स्थल भित्र रहेका काठमाडौँ दरबार स्क्व्यार परिसर, पाटन दरबार स्क्व्यार परिसर, भक्तपुर दरबार स्क्व्यार परिसर, त्यसै गरी धेरै पुरानो तथा ऐतिहासिक महत्त्व बोकेको मन्दिर चांगु नारायण मन्दिर, तथा बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा जस्ता विश्व सम्पदा स्थलहरू र त्यस वरिपरि रहेका शताब्दीयौं पुराना भवनहरू ध्वस्त भए। ६१.८८ मिटर अग्लो धरहरा, जसलाई भीमसेन स्तम्भ को नामले पनि चिनिन्छ, नौ-तल्ले यस चिर -परिचित स्तम्भ समेत नष्ट भयो। यो स्तम्भ युनेस्को द्वारा मान्यता प्राप्त काठमाडौँको वास्तुकलाको एक प्रमुख हिस्सा थियो। धरहरा बि .स . १९९० को महाभूकम्प अगाडी ११ तल्ले रहेको र उक्त महाभूकम्पमा ३ तल्ला ध्वस्त भई ९ तल्लामा सीमित रहेको थियो। इतिहास अनुसार एस स्तम्भको निर्माण सन १८३२ भीमसेन थापाको समयमा भएको थियो। भूकम्पले कतै कतै पानीको मूल सुके भने त्यसै गरी कति नयाँ मूलहरू रसाए र धेरै अगाडी सुकेका ढुङ्गे धारा हरू बाट फेरि पानी आउन थाल्यो । कति ठाउँमा बाटोहरू चिरा परे, कति बस्तीहरूमा धाँजा फाटेको कारण आजको दिनसम्म पनि पहिरोहरू गई नै रहेका छन्। भूकम्पले प्रमुख त मानव बस्ती हरूमा यति धेरै जन-धन को क्षति पार्नु वा भनौँ यती ठुलो प्रभाव पर्नुको कारणहरू लाई खोतल्ने हो भने, गलत तरिकाले बनाइएका भौतिक संरचना तथा पूर्वाधारहरू मुख्य कारण हुन् जसको कारण धेरै मानिसहरूले ज्यान गुमाए। त्यसै गरी तर्क नभएको भूकम्पबाट जोगिने उपायहरू जस्तै टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने , डरले भाग भाग गर्नुको सट्टा भित्तामा आड लाएर घरभित्रै बस्ने अव्यवहारिक र अ-तार्किक गलत जानकारीहरूका कारण पनि धेरै मानिसले आफूलाई बचाउने समय हुँदा पनि आफूलाई बचाउन नसकेको हुन सक्ने सम्भावना धेरै नै देखिन्छ । बाहिर खुल्ला आकाश मुनि बसेका व्यक्तिहरू भूकम्पको आभास पाएपछि घरभित्र खाट वा टेबल मुनि लुक्न गएको घटनाहरू समेत सुन्नमा आएको थियो। नेपाल यसको भूगर्भीयता, सहरीकरण र वास्तुकलाका कारण एक घातक भूकम्पको चपेटामा रहेको विभिन्न समयमा विभिन्न भुगर्व विज्ञ, र अन्य विज्ञहरूले दशकौं देखि चेतावनी दिएका थिए। तर, यस प्रकारको चेतावनी हरूलाई सरकारले कहिल्यै ध्यान नदिनु पनि यत्रो बिध्वस हुनु को एक मुख्य कारण हो। त्यसै गरी भूकम्प प्रतिरोधक संरचनाहरू बनाउने तर्फ सरकारको सबै तहको ध्यान जानु पनि जरुरी छ। पुराना घरहरू जसले भूकम्प सहन सक्दैन ती भवनहरूलाई भूकम्प प्रतिरोधात्मक बनाउन सकिने छन् भने त्यस्ता संरचना हरूलाई भूकम्प प्रतिरोधात्मक बनाउन पटि लाग्नु पर्ने देखिन्छ। त्यसै गरी अन्दाधुन्द रूपमा जग्गाहरूलाई टुक्र्याउने र जथाभाबी कुनै नियम बिना बस्ती बसाल्ने काम हरूमा पनि रोक लगाउनु पर्ने जरुरी देखिन्छ। आजको जस्तो कार्यक्रमहरूमा वास्तवमा समय र परिस्थिति अनुसार भूँईचालो सम्बन्धी जानकारीहरू व्यापक रूपमा प्रवाह गर्ने र भूकम्प आएको बखतमा साँच्चिकै कसरी सुरक्षित रहन सकिन्छ भन्ने जस्ता उपायहरू दैलो दैलो मा र हरेक व्यक्तिलाई बुझाई अर्को भूकम्प आएको खण्डमा कसरी जिउ ज्यान बचाउने भन्ने ’boutमा प्रस्ट जानकारी दिन सकेको खण्डमा आजको यो “राष्ट्रिय भूकम्प सुरक्षा दिवस” साँचो रूपमा सार्थक हुने कुरामा केही भए पनि विश्वस्त हुन् सक्छौ । प्राकृतिक विपत्तिलाई रोक्न त सकिन्न तर त्यसका लागि अग्रिम तयारी हरू भने अवश्य पनि अपनाउन सकिन्छ। सतर्क रहौँ, भूकम्पबाट बाचौँ अनि बचाऔँ। राष्ट्रि्य भूकम्प सुरक्षा दिवस
नेपाल र भूकम्प
सन् १९९० को भूकम्प
भूकम्पको बैज्ञानिक रहस्य
निष्कर्ष