विश्व क्षयरोग विरुद्ध दिवस
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व क्षयरोग विरुद्ध दिवस

विश्व क्षयरोग विरुद्ध दिवस

By Nepali Patro
मार्च 20, 2017

विश्व क्षयरोग विरुद्ध दिवस, अर्थात् (World Tuberculosis Day or World TB Day) अंग्रेजी पात्रोको हरेक वर्षको मार्च २४ तारिखको दिनमा पर्दछ | विश्वभर मानिसहरुको बढ्दो मृत्युदरको प्रमुख कारणहरु मध्येको एक प्रमुख महामारी रोगको रुपमा चिनिएको क्षयरोगको ’bout सारा विश्वमा जनचेतना फैलाउने,त्यसको उपचार तथा रोकथाम र पूर्ण निर्मूलन एवं उन्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप वार्षिक रुपले विश्वका सबै राष्ट्रहरुमा विश्व क्षयरोग विरुद्ध दिवस मनाइने परम्परा बसेको छ | विश्व स्वास्थ्य संगठनको प्रमुख आठ आधिकारिक विश्व साझा जान-स्वास्थ्य अभियानहरुका दिवसहरु मध्येको एक महत्वपूर्ण दिवस, विश्व क्षयरोग विरुद्ध दिवस रहिआएको छ |

मार्च २४ तारिख,विश्व क्षयरोग विरुद्ध दिवसले सन् १८८२ मा डा. रोबर्ट कोच नामक वैज्ञानिकले बर्लिनको एक विश्व विध्यालयमा विश्वका वैज्ञानिकहरु समक्ष त्यसताकाको महामारी क्षयरोग लाग्नु र फैलिनुको प्रमुख कारण, टि.बी. ब्यासिल्लस (T.B.Bacillus) नामक ब्याक्टेरिया रहेको सोध, एवं खोज पत्ता लगाई प्रस्तुत गरेको दिनको सम्झना गराउँछ | जुन बेलामा पूरा युरोप,अमेरिका लगायतका अरु विकास-उन्मुख राष्ट्रहरुमा समेत् क्षयरोगको महामारी फैलिएर करोडौं मानिसहरुको मृत्यु भइसकेको र रोगबाट ग्रसित भई मर्ने क्रममा हुनेहरुको संख्या निकै नै तर्साउने खालको थियो | सारंशमा भन्नुपर्दा त्यसबेलामा सारा विश्व क्षयरोगको चपेटामा परेको अवस्था थियो | पछि गएर, त्यही महान् वैज्ञानिक डा. रोबर्ट कोचको सोध तथा खोजको आधारबाट विश्व वैज्ञानिकहरुलाई क्षयरोगको रोकथाम तथा उन्मूलनको लागि उपयुक्त औषधि एवं उपचार पद्धतिको खोज र आविस्कार गर्न थप मद्दत पग्यो|

तसर्थ, सन् १९८२ मा तीनै महान् वैज्ञानिक डा. रोबर्ट कोचको क्षयरोग सम्बन्धिको विशेष खोज एवं सोधको सयौं वर्षको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्षयरोग तथा फोक्सो रोग विरुद्धको एक संगठनले हरेक वर्षको मार्च २४ तारिखको दिनलाई टी महान् व्यक्तिको सम्झनामा विश्व क्षयरोग विरुद्ध दिवस मनाउने प्रस्ताव पेश गरे र पछि गएर सन् १९९५ देखि विश्व स्वास्थ्य संगठनको विश्व स्वास्थ्य सम्मेलनको निर्णय र संयुक्त राष्ट्रसंघको अगुवाईमा विश्व क्षयरोग बिरुद्ध दिवस हरेक वर्ष मानिंदै आइरहेको छ | नेपाली पात्रो

Comments

    सिद्धिरत्न शाक्य

    क्षयरोग लाग्दैमा आत्तिनु हुँदैन । यो रोगका विरामी स्वयं सचेत भएर उपचार गरेमा निको हुन्छ ! अचेल डट विधिबाट उपचार हुन्छ !

    rajumgr

    mero pani banauna parni

    टेकराज न्यौपाने

    मेरो भाग्य कस्तो छ हजुर

    नारायण प्रसाद राई

    क्षयरोग बात आफू बचौ अनि अरुलाईपनी बचाउ स्वास्थ रहौ खुसी रहौ

    birendra pariyar

    joining

    Madhav Basnet

    my future

    हिमा छिरिङ लामा

    क्षयराेग निदान तथा उपचारमा केन्दद्र र प्रदेश सरकारहरूले बजेट छुटयाउने गरेता पनि हाल सम्म स्थानीय सरकारहरूले खासै चासाे देखाउने गरेकाे देखिदैन अत बजेट अभाकाे कारण क्षयराेगीहरूकाे सक्रिय खाेजपडताल गर्ने काम भैरहेकाे छैन ।

    manish

    world tuberculosis Day or world TV Day very said.all effected with this day man peace.

    ramit sk

    benloura

    Krishna ray

    Mero rasifal bataunu Mero bare man bataunu

    ashok Paswan

    ashok


Reply to birendra pariyar जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!