तुलसी रोपण विधि 

तुलसी रोपण विधि 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
जुलाई 2, 2021

तुलसी रोपण गर्ने विधि 

श्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो भने आजको दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। आजको दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने चलन रही आएको छ। आजको यस दिनलाई देवशयनी एकादशी को नामले पनि चिनिन्छ। 

ज्येष्ठ शुक्ल पक्ष एकादशी अर्थात् निर्जला एकादशीको दिन पबित्र स्थानमा तुलसीको दल राखेर आज हरिशयनी एकादशीको दिन तुलसी मठमा रोप्नु को साथै विशेष पूजा आराधना गर्दै हरिबोधिनी एकादशीको दिन श्री विष्णु भगवान सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको पाइन्छ। 

आयुर्वेदमा समेत तुलसीलाई महा औषधिको संज्ञा दिइएको छ। पवित्र स्थानमा उमारिएको तुलसीलाई आजको दिन मठमा रोपण गरिन्छ।

तुलसीको दल राखेको स्थानमा गई तलको मन्त्रले भगवती तुलसीको प्रार्थना गर्दै तल दिईएको तुलसी रोपण गर्ने विधि अनुसार रोपण गर्न सकिन्छ :–

<< प्रसीद मम देवेशि कृपया परया सदा ।

अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।।>> 

यसरी प्रार्थना गरे पश्चात् पूर्व फर्केर तुलसीको जरा र केही मात्रामा माटो सहित तुलसीलाई उखेल्ने र यसरी उखेल्दा प्रभु श्री नारायणको जप “ॐ नमो भगवते वासुदेवाय” उच्चारण गर्नु पर्दछ। यसरी उखेली सकेपछि तुलसीलाई तुलसी-मठमा ल्याई पूर्व नै फर्केर उक्त तुलसीको रोपण गर्नु पर्छ । रोपण सके पश्चात् पर्याप्त जल पनि चढाउनु पर्दछ।

तुलसीका प्रसिद्ध आठ नामहरू: 

ब्रह्मवैवर्त पुराणको तुलसी स्तोत्रमा उल्लेख भए अनुसार तुलसीको आठ वटा नामहरू रहेका छन्:-  

<<वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।

पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम् ।। >>

माथि उल्लेखित स्तोत्र अनुसार तुलसीका ती नामहरूमा वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी रहेका छन्। यी नामहरूको उच्चारण मात्र गर्नाले पनि अभीष्ट फल प्राप्त हुने कुरा यस पुराणमा वर्णन गरेको पाइन्छ।

हरिशयनी एकादशीको कथा पढ्न र सुन्नको लागि यहाँ थिच्नु होस्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

Related Posts

हरिशयनी एकादशी

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

निर्जला एकादशी व्रत

जुन 24, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल

परशुराम जयन्ती

अप्रील 25, 2020
By उपप्रा. लक्ष्मीप्रसाद बराल

माधव नारायण महोत्सव

मार्च 1, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

श्री स्वस्थानी व्रत समाप्त

फ्रेवुअरी 19, 2019
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    durga prasad sarma

    Ramro jankari


Load more comments

Reply to durga prasad sarma जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ