विश्व नर्स दिवस

विश्व नर्स दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
मे 11, 2020

अन्तर्राष्ट्रिय नर्सिङ दिवस.  अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनवरीमा विश्व स्वास्थ्य संगठनले निर्णय गरे अनुसार फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो। फ्लोरेन्स नाइटिङ्गेल लाई आधुनिक नर्सिङ आन्दोलनको जन्मदाता मानिन्छ। दया र सेवा की प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई “द लेडी विद द ल्याम्प” (बत्ती लिएकी केटी) भनेर पनि चिनिन्छ।

नर्सिङ एक मर्यादित र सेवा भावना ले प्रेरित पेशा हो। ससाँरका देशहरूमा शासन र सेवा स्तरमा नर्सिङ र सुँडेनी नेतृत्व स्थापना आजको लागि एक ठूलो चुनौती रहेको छ। जस्का लागि नेपालमा नेपाल नर्सिङ काउन्सिल (एनएनसी) स्थापना भएको छ। यो नेपालमा नर्सिङ शिक्षाको समान र उच्च मापदण्ड स्थापना गर्ने एक वैधानिक निकाय हो। काउन्सिलले नर्सिङ योग्यताको मान्यता प्रदान गर्दछ, नर्सिङ स्कूलहरुलाई मान्यता दिन्छ, र नेपालमा पंजीकृत नर्सहरुको तथ्याकं राख्छ। एनएनसीको स्थापना जुन १६, १९९७ मा नेपाल नर्सिङ काउन्सिल ऐन १९९६ अन्तर्गत भएको थियो।

नेपालको सन्दर्भमा भने स्वर्गीय लमु अमात्य लाई देशकै पहिलो नर्सको रूपमा मानिने गरिन्छ। २०७४ को वैशाख १८ गते नेपाल सरकारले स्वर्गीय लमु अमात्यलाई देशकै पहिलो नर्स घोषणा गरेको थियो। त्यस दिन भएको स्वास्थ्य मन्त्रालयको एक कार्यक्रममा तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्व. लमु अमात्यका दुई छोरा मध्येका एक योगेश्वर (योगी) अमात्यले प्रस्तुत गरेको कानुनी प्रमाणहरूका आधारमा स्वर्गीय लमु अमात्यलाई नै देशकै अर्थात् नेपालको पहिलो नर्स घोषणा गर्दै आधिकारिक रूपमा “नेपालको पहिलो नर्सको प्रमाणपत्र” हस्तान्तरण समेत गरेको थियो। स्व.अमात्यले सन् १९५४ मा कलकत्ता (कोलकाता) मेडिकल कलेजबाट नर्सिङको उपाधि हासिल गरेकी थिइन्। र, उनीले नेपालमा सन् १९५६ चैत १३ गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तालिम परियोजनाबाट छेत्र पाटीमा रहेको एक घरका केही कोठा भाडामा लिई आफ्नो नर्सिङ पेसा सुरु गरेकी थिइन्। सन १९३२ जनवरी २७ (बि.स. १९८८ माघ १४ ) मा भारतको दार्जिलिङमा जन्मिएकी लमुको बि. स. २०६९ जेठ १९ को दिन काठमाडौँ मा निधन भएको थियो।

नर्सहरू र सुँडेनीहरूले स्वास्थ्य सेवाहरू प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। यी ती मानिसहरु हुन् जसले आमा र बच्चाहरूको स्याहार गर्न आफ्नो जीवन समर्पित गर्छन्; जीवन बचाउने खोप र स्वास्थ्य सल्लाह दिने; वृद्ध तथा बिरामि मान्छेहरूको हेरचाह गर्दै र सामान्यतया दैनिक आवश्यक स्वास्थ्य आवश्यकताहरू पूरा गर्दै सेवा गरिरहन्छन। नर्सहरू प्राय: तिनीहरूको समुदायमा हेरचाहको पहिलो र एकमात्र अङ्ग हुन्छन्। २०२० सम्ममा विश्वव्यापी स्वास्थ्य सेवा सबैको पहुँचमा बनाउने हो भने विश्वलाई ९० लाख बढी नर्स र सुँडेनीहरू चाहिन्छ र त्यहि लक्ष पुरा गर्नका निमित्त विश्व स्वास्थ्य संगठनले सन २०२० लाई “नर्स तथा सुँडेनीहरूको वर्ष” को रुपमा मनाएको थियो।। 

सन १९९७ मा नेपाल नर्सिङ काउन्सिल (एनएनसी) को स्थापना भए यता नेपालमा पनि अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन विभिन्न स्वास्थ केन्द्रहरु तथा स्वास्थ सम्वन्धीत निकायहरुमा नर्सिङ तथा सुँडेनीहरुको हकहित तथा अधिकार सुनिश्चीत गर्दै लग्ने उध्येश्यका साथ बिभिन्न कार्यक्रमहरुका साथ देशभर भब्य रुपमा निरन्तर मनांईदै आएको छ । जस्को निरन्तरता बाट छिट्टै नर्स तथा सुँडेनीहरूको हक हित तथा अधिकारहरु सुनिस्चीत गर्ने कुरामा सबै विश्वस्त रहनु पर्ने तर समय समयमा खबरदारि भने गरिरहनु पर्ने टडकारो आवश्यकता देखिन्छ। नेपाली पात्रो

Related Posts

नेपाल नर्सिङ दिवस

जनवरी 29, 2022
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    prasanna tharu

    well down to every helping nurse who helps to the patient

    sunilkumardas

    congratulations

    Raju

    international nursing day

    Abhishek Tamang

    xjdzdzdl

    pemba sherpa

    fungal infection in private parts cream


Reply to pemba sherpa जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ