अन्तर्राष्ट्रिय भन्सार दिवस
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > अन्तर्राष्ट्रिय भन्सार दिवस

अन्तर्राष्ट्रिय भन्सार दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
जनवरी 7, 2022

अन्तर्राष्ट्रिय भन्सार दिवस। आज जनवरी २६ को दिन अन्तर्राष्ट्रिय (विश्व) भन्सार दिवस मनाउने गरिन्छ। विश्व भन्सार संगठनको निर्णय अनुसार हरेक वर्ष जनवरी २६ तारिखका दिन भन्सार समुदायले विश्वभर विश्व भन्सार दिवस मनाउने गरेको छ । कुनै पनि देशमा भन्सार छलेर सामान या सेवाको आपूर्ति गर्नुलाई गैर कानुनी मानिन्छ। यसरी गैर कानुनी रूपमा अवैध सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रूपमै खतरा बढ्ने हुनाले सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्नको निमित्त विश्व भन्सार दिवस मनाउने गरिएको हो।

कुनै पनि देशको सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ। भन्सार भन्नाले एउटा देश र अर्को देश अर्थात दुई देश बिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ। नेपालका अधिकांश सिमाना हरू खुल्ला सिमाना भएको कारणले त्यहाँ बाट हुने चोरी निकासीलाई नियन्त्रण गर्न भन्सार लगायत सुरक्षा निकायहरूले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ।

विदेशबाट आयात गरिएका हरेक प्रकारका समाग्रीहरु सीमा नाका पार गरेर स्वदेश ल्याइने गरिन्छ। चाहे त्यो हामीले बिहान चिया पिउने कप होस वा होस दिउसो खाजा खाने कुनै कचौरा। ती सबै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका बस्तु हरू नै हुने गर्छन्।  यदि हाम्रै देशमा बनेका होईनन् भने। त्यसै भएर हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरूको सरल अनि सहज आपूर्ति को लागि भन्सारको ठुलो महत्त्व रहेको छ। 

हरेक देशले आफ्नो कानुन अनुसार कर लगाउँछ भने मापदण्ड अनुसार आयात वा निर्यात गर्ने गरिन्छ। भन्सारले उठाउने महसुललाई देशको राजश्वका रूपमा देशले विकास निर्माण लगायत शान्ति-सुरक्षा जस्ता विभिन्न देश हितको गतिविधि हरूमा प्रयोग गर्ने गर्दछ। त्यसैले पनि भन्न सकिन्छ मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने मुख्य स्रोत मध्ये को एक महत्त्वपूर्ण क्षेत्र हो भन्सार क्षेत्र। 

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी २०७७ बि. स. माघ महिना देखि देशमा “नेपाल र्राष्ट्रिय एक द्वार प्रणाली” सुरु भएको छ। यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेनटाइन केन्द्रहरू आबद्ध भएको जानकारी विभिन्न श्रोत हरूमा पाइन्छ।   

भन्सारका प्रक्रियाहरूलाई कागज रहित र सरल बनाउने उद्देश्यका साथ लागु भएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका विभिन्न निकायहरू आबद्ध हुन सक्ने छन्। एक द्वार प्रणाली अन्तर्गत निर्माण हुने वेब पोर्टल बाट व्यापारीले युजर नेम र पासवर्ड प्रयोग गरी आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सकिने भएको छ। यस प्रणालीको सुरुवात भए सँगै फरक-फरक निकायहरूमा कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी वर्ग मुक्त हुने भनिएको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवसले विश्व भर एक देश बाट अर्कोमा सिमाना पार गर्दै सेवा तथा सामानको प्रवाहलाई निरन्तर कायम राख्न भन्सार अधिकारी र एजेन्सीहरूको भूमिकालाई समेत मान्यता दिने गर्छ। जब दुई वा बढी देश बिच सीमा विभाजन हुन्छ भने त्यस बखत भन्सार जोडिन आउँछ। भन्सारले हाम्रो ग्रहको आर्थिक र सामाजिक लगायत वातावरणीय आवश्यकताहरू पूरा गर्न पनि मद्दत गर्दछ। त्यसैले भन्न सकिन्छ कि भन्सारले दिगो भविष्यको लागि पनि योगदान पुर्‍याउँछ।

भन्सार सहयोग परिषद (सी. सी. सी.) को २६ जनवरी, सन १९५२ मा स्थापना भएको थियो। ब्रसेल्समा भएको त्यस उद्घाटन कार्यक्रममा १७ युरोपेली देशका सदस्य राष्ट्रहरू सहभागी भएका थिए। सन १९८३ मा भन्सार सहयोग परिषद्ले अन्तर्राष्ट्रिय भन्सार दिवस को सुरुवात गरेको थियो। र, सन १९९४ मा, भन्सार सहयोग परिषद को नाम विश्व भन्सार सङ्गठन नामाकरण गरियो। आज, विश्व भन्सार सङ्गठन अन्तर्राष्ट्रिय भन्सार र सीमा नियन्त्रण मामिलाहरूमा विशेष रूपमा समर्पित एक मात्र अन्तर्राष्ट्रिय निकायको रूपमा रहेको छ।

सबै प्रकारका सेवा आपूर्ति व्यापारीहरू र भन्सार कार्यालय बिच नङ र मासुको सम्बन्ध हुन्छ र उनीहरू बिच समन्वयको आवश्यकता हुन्छ भने सरल र सहज तरिकाबाट सामानहरू नाकाबाट आयात र निर्यात हुनु सबै पक्षको लागि सुखद परिणाम नै हो। त्यसै गरी भन्सार कर्मचारीको इमानदारिता र निष्ठा अत्यन्त महत्त्वपूर्ण हुन्छ। यता भन्सारमा काम गर्न आउने व्यवसायीहरूले पनि इमानदारी पूर्वक आफ्नो भूमिका निर्वाह गरी कानुनको पालना गर्नु पर्छ। र, व्यवसायीले भन्सार भित्र हुने र गर्ने सम्पूर्ण गलत क्रियाकलापहरू रोक्नु पर्छ। त्यस्ता गतिविधिलाई प्रशय दिएको खण्डमा भन्सारमा काम गर्न आउने इमानदार व्यवसायीहरू समेत पलायन हुने अवस्था सृजना हुन् सक्छ।  

नेपालमा पनि यो दिवसका दिन विभिन्न जागरणका कार्यक्रम, गोष्ठीका साथै नागरिक जनचेतना  लगायतका जानकारीमूलक कार्यक्रमहरू गर्दै भन्सार दिवस मनाइने गरिन्छ। देशका विभिन्न नाका वा भन्सार हरूमा अनेकन् कार्यक्रमहरू गर्दै यो दिवस मनाउने गरिन्छ। दिगो आपूर्ति शृङ्खलाको लागि भन्सार सशक्त भएर प्रस्तुत हुन् पर्छ भने आपूर्तिकर्ता अर्थात् व्यापारीहरूले पनि यसको सम्मान गर्नु पर्छ।  त्यसै गरी भन्सार दिनानुदिन पारदर्शी हुनुका साथै डिजिटल रूपमा अगाडी बढ्नु पर्ने पनि अहिलेको समयको माग देखिन्छ। 

भन्सारले पनि आफूलाई राजस्व असुलीको माध्यम मात्र नबनाई सेवामुखी कार्यालयको रूपमा विकास गर्नु पर्ने हुन आउँछ। सबैले वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार अनिवार्य बुझाउनु पर्छ। अन्तर्राष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा सम्पूर्ण पाठक तथा भन्सार समुदायहरूमा नेपाली पात्रोको तर्फबाट  हार्दिक शुभकामना । यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Comments

    lilan thakuri

    vansar nai yeti mahango bujaunu pareko xa janta le ani chori ta badne vaihaloni vansar ma kei kam gare gayer kanuni rup ma chori garne kam hunthiyoki

      Nepali Patro (Sudan Bhattarai Upadhyaya)

      नेपाली पात्रो परिवारको न्यानो नमस्कार. हजुर को कमेन्ट आधी बुझे बाकी नबुझे जस्तो भयो। अलि क्लियर गर्न सक्नु हुन्छ
      ?

    kalpana

    malai mero xora ko ra xori bare ma jannu xa

    laxman

    I like


Reply to lilan thakuri जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!