गाई तिहार

गाई तिहार

By Master Snigdha Bhattarai
अक्टोबर 20, 2022

कार्तिक कृष्ण औंशीको दिन अर्थात् तिहारको तेश्रो दिन आज गाई-पूजा गरिने भएकोले आजको दिनलाई गाई तिहारको नामले समेत चिनिएको हो। औंशीको यस रातलाई अत्यन्त अँध्यारो रातको रूपमा लिइन्छ। यमपञ्चक अन्तर्गत लक्ष्मी पूजा को भोलि पल्ट पर्ने आजको दिनको अन्धकारमय रातलाई उज्यालो प्रकाशको मद्ददले आलोकित पार्ने क्रममा घर-घरमा माटोको पाला वा दियोमा तेल हाली बत्ति बाल्ने गरिन्छ। तिहारले हरेक मानव जीवनलाई आफु भित्र रहेको अन्धकारलाई चेतना शक्तिको प्रकाशले हटाउन सकिने सन्देश दिन्छ। यमपञ्चकको एक महत्वपुर्ण दिनको रूपमा गाई तिहार मनाइन्छ। 

गाईलाई लक्ष्मीको प्रतिक मानेर आजको दिन गाई तिहार मनाउने गरिएको हो। ज्योतिषीय मान्यता अनुसार स्थिर लग्न र प्रदोष कालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुने मान्यता रही आएको छ। नेपालमा कुनै पनि धार्मिक लगायत सामाजिक संस्कार शुरु गर्नु अघि गाईको गोबरले आँगन, भित्ता सहित कुनै कुनै ठाउँमा त घर समेत लिप्ने-पोत्ने गरिन्छ। त्यसै गरी सुतक, जुठो आदी बाट घर चोख्याउन पनि गाईको गहुँत घर-कोठा सबै तिर छर्केर घर पवित्र तुल्याउने हाम्रो संस्कार रहेको छ। हिन्दूहरूले गाईलाई लक्ष्मी वा गौमाताका रूपमा पुज्ने र मान्ने गर्दछन्। 

यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाको आतिथ्यमा बिताएको प्रसंग पनि तिहार संग जोडिन आउछ। यमपञ्चक वा तिहारको आजको यस गाई तिहारको दिनको ठूलो महत्त्व रहेको कुरा माथि उल्लेखित तथ्यहरू बाट स्पष्ट हुन्छ।

Related Posts

लक्ष्मी पूजा

मार्च 1, 2017
By प्रा.डा. देवमणि भट्टराई

भाइटीका

मार्च 2, 2017
By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

धनतेरस 

डिसेम्बर 10, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    Nir Kumar Magar

    Malta Ma Kati baje surya grahan lagxa, jankari paye Aavari hune thiye

    Shankar Bahadur Pariyar

    suriye Kati baje dekhi lagne chha

    tilak mishra

    hi

    Raja kumar mandal

    raja

    tilak mishra

    Surya grahan Kati baji dekhin Kati baji saman ho tha nai xaena tha pauda ramro hun thio hola

    मनोज मेहता

    आज भयेको सूर्य ग्रहण को केही पनी जानकारी यस मा छैने किन होला जिज्ञासा राहेको छ।

    बाबुराम, गिरी

    thikai ho

    Mithun thakur

    rasi

    Surya prasad gautam

    आज ग्रहमा कतिबजेबाट कतिबजे सम्म हुन्छ।

    dipesh Chaudhary

    parbti

    lalit air

    India

    ramun yadav

    jay gai mata

    bhupen kumar yadav

    fuchar

    Rajaramsah

    jay Shree ram


Load more comments

Reply to बाबुराम, गिरी जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!