२०७९ सालमा लक्ष्मी पूजा र भाइटीकाको साइत

२०७९ सालमा लक्ष्मी पूजा र भाइटीकाको साइत

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
अक्टोबर 19, 2022

राष्ट्रिय पर्व दशैँ पछि नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व सुरु हुँदै छ। त्यो हो २०७९ सालको तिहार वा यमपञ्चक। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको समयतालिकाअनुसार यस वर्षको तिहार कात्तिकको ५ गतेदेखि सुरु हुँदै छ। कार्त्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारदेखि सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म यो पर्व मनाइन्छ। पाँच दिवसीय यस पर्वलाई यमपञ्चक पनि भनिन्छ र यो विशेष गरी नेपालभित्र हर्षाेल्लासका साथ मनाइन्छ। 

यो बर्ष कार्तिक ५ गते धन्तेरस काग तिहार ६  गते परेको छ भने ७ गतेको दिन कुकुर तिहारलक्ष्मीपूजा लगायत सुखरात्रि परेको छ। ८ गतेको दिन गाई तिहार (गाइपूजा)  परेको छ। ९ गतेको दिन म्हः पूजा, गोवर्द्धन पूजा, र त्यसै दिन अर्को महत्वपुर्ण चाड नेपाल सम्वत् ११४३ पनि प्रारम्भ हुदै छ। 

यस बर्षको भाई टिका (किजा पूजा) कार्तिक १० गते परेको छ। त्यस दिनको भाइटीकाको शुभसाइत बिहान ११ : ३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलेले जनाएको छ।

 लक्ष्मीपूजाकाे उपयुक्त समय प्रदाेषकाल तथा निशीथ समय भन्ने शास्त्रवचन पाइन्छ। प्रदाेषकाल भनेकाे सन्ध्याकाल हाे। आफ्नाे स्थानमा हुने सूर्यास्त समयदेखि २ घडी अर्थात् ४८ मिनेटकाे समय नै सन्ध्या अर्थात् प्रदाेषकाल हाे। निशीथ भनेकाे मध्यरात्रि हाे। सूर्यास्त पछिको  सन्ध्या अर्थात् प्रदाेषकाल देखि को समय लक्ष्मी पूजा को लागी उत्तम साइत हो।  निशीथ भनेकाे मध्यरात्रि हाे।

 

भाइटीकाको शुभसाइत

भाइटीकाको शुभसाइत

Related Posts

गाई तिहार

अक्टोबर 20, 2022
By Master Snigdha Bhattarai

भाइटीका

मार्च 2, 2017
By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल

लक्ष्मी पूजा

मार्च 1, 2017
By प्रा.डा. देवमणि भट्टराई

कुकुर तिहार

मार्च 20, 2017
By प्रा.डा. देवमणि भट्टराई

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    Manish Rana

    Bhaitika ko din kasto x sahit

    Dipak khawas

    bbhaitika sahit

    Naresh kumar mandal

    suv sait

      सन्तोष कुमार देवकोटा

      नमस्कार नरेश जी,
      शुभ साइत तथा मुहूर्तहरू जान्नको लागि कृपया यस लिंकमा जानुहोस।
      https://nepalipatro.com.np/suva-sait

      धन्यवाद
      नेपाली पात्रो परिवार


Reply to सन्तोष कुमार देवकोटा जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ