युक्रेनी नियन्त्रणबाट आमालाई चिट्ठी !
By
Nepali Patro
नमस्ते आमा, म यहाँ ठिक छु, आशा छ तपाई पनि त्यहाँ ठिकै हुनुहुन्छ।
पलान्चोकि माताको आशिर्वादले म बिरामी छैन, म पूर्ण रुपमा स्वस्थ छु। म कुनै प्रकारले घाइते भएको छैन। मानसिक र शारीरिक रूपमा स्वस्थ नै छु। चिन्ता नगर्नुहोस्, म छिट्टै आउनेछु, शायद युद्ध रोकिएपछि वा नेपाल सरकारको सहयोग भयो भने म चाँडै आउनेछु। वा अर्को विकल्पमा शायद रूसी र युक्रेनी सैनिकहरूको साटासाटबाट मलाई चाँडै यहाँबाट लगिनेछ। चिन्ता नगर्नुहोस्, सबै राम्रो छ र सबै राम्रो हुनेछ।
आशा राख्नुहोस्, म छिट्टै आउनेछु। यहाँ, खाना राम्रो छ र प्रहरी पनि राम्रा छन्। यहाँ कुनै खतराको स्थिति छैन। सबैको व्यवहार राम्रो छ र प्रहरी पनि राम्रा छन्।
-सिद्धार्थ ढकाल
(अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको)
स्रोत : https://www.onlinekhabar.com/2024/07/1503099
जुलाई 9, 2024 9 महिनाहरु
9810366632