तुलसी रोपण विधि
By
Nepali Patro (Sudan Bhattarai Upadhyaya)
तुलसी रोपण गर्ने विधि
श्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो भने आजको दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। आजको दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने चलन रही आएको छ। आजको यस दिनलाई देवशयनी एकादशी को नामले पनि चिनिन्छ।
ज्येष्ठ शुक्ल पक्ष एकादशी अर्थात् निर्जला एकादशीको दिन पबित्र स्थानमा तुलसीको दल राखेर आज हरिशयनी एकादशीको दिन तुलसी मठमा रोप्नु को साथै विशेष पूजा आराधना गर्दै हरिबोधिनी एकादशीको दिन श्री विष्णु भगवान सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको पाइन्छ।
आयुर्वेदमा समेत तुलसीलाई महा औषधिको संज्ञा दिइएको छ। पवित्र स्थानमा उमारिएको तुलसीलाई आजको दिन मठमा रोपण गरिन्छ।
तुलसीको दल राखेको स्थानमा गई तलको मन्त्रले भगवती तुलसीको प्रार्थना गर्दै तल दिईएको तुलसी रोपण गर्ने विधि अनुसार रोपण गर्न सकिन्छ :–
<< प्रसीद मम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।।>>
यसरी प्रार्थना गरे पश्चात् पूर्व फर्केर तुलसीको जरा र केही मात्रामा माटो सहित तुलसीलाई उखेल्ने र यसरी उखेल्दा प्रभु श्री नारायणको जप “ॐ नमो भगवते वासुदेवाय” उच्चारण गर्नु पर्दछ। यसरी उखेली सकेपछि तुलसीलाई तुलसी-मठमा ल्याई पूर्व नै फर्केर उक्त तुलसीको रोपण गर्नु पर्छ । रोपण सके पश्चात् पर्याप्त जल पनि चढाउनु पर्दछ ।
तुलसीका प्रसिद्ध आठ नामहरू:
ब्रह्मवैवर्त पुराणको तुलसी स्तोत्रमा उल्लेख भए अनुसार तुलसीको आठ वटा नामहरू रहेका छन्:-
<<वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।
पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम् ।। >>
माथि उल्लेखित स्तोत्र अनुसार तुलसीका ती नामहरूमा वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी रहेका छन्। यी नामहरूको उच्चारण मात्र गर्नाले पनि अभीष्ट फल प्राप्त हुने कुरा यस पुराणमा वर्णन गरेको पाइन्छ।
हरिशयनी एकादशीको कथा पढ्न र सुन्नको लागि यहाँ थिच्नु होस्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
अगस्ट 30, 2022 1 वर्ष
धन्यवाद ब्यक्त गर्न चाहन्छु।
नोभेम्बर 12, 2022 11 महिनाहरु
dherei dherei dhanyabad.
डिसेम्बर 15, 2022 10 महिनाहरु
i liked tulsi
मार्च 31, 2023 6 महिनाहरु
Tulsi Kun disama ropnu parchha ?
जुन 10, 2023 4 महिनाहरु
ba vako xina
जुन 17, 2023 4 महिनाहरु
believe in god
जुन 18, 2023 4 महिनाहरु
garko dukha
जुन 21, 2023 3 महिनाहरु
Tulsi kasari ropnu parcha Ra Keke bidhi garnu parcha
जुन 29, 2023 3 महिनाहरु
तुलसीको दल राखेको स्थानमा गई तलको मन्त्रले भगवती तुलसीको प्रार्थना गर्दै तल दिईएको तुलसी रोपण गर्ने विधि अनुसार रोपण गर्न सकिन्छ :–
<< प्रसीद मम देवेशि कृपया परया सदा ।अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।।>>
यसरी प्रार्थना गरे पश्चात् पूर्व फर्केर तुलसीको जरा र केही मात्रामा माटो सहित तुलसीलाई उखेल्ने र यसरी उखेल्दा प्रभु श्री नारायणको जप “ॐ नमो भगवते वासुदेवाय” उच्चारण गर्नु पर्दछ। यसरी उखेली सकेपछि तुलसीलाई तुलसी-मठमा ल्याई पूर्व नै फर्केर उक्त तुलसीको रोपण गर्नु पर्छ । रोपण सके पश्चात् पर्याप्त जल पनि चढाउनु पर्दछ ।
जुन 29, 2023 3 महिनाहरु
shivshankargupta@123456
जुन 29, 2023 3 महिनाहरु
jaankari
जुन 29, 2023 3 महिनाहरु
jaankari
जुन 29, 2023 3 महिनाहरु
dhan setor
जुन 29, 2023 3 महिनाहरु
mero Janna mete
जुलाई 4, 2023 3 महिनाहरु
Tulsi arko din ropna sakinchh ki nai.