Redirecting...

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने - ehimalayatimes.com

शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । टेनिसकी युवा खेलाडी शिभाली गुरुङले ग्राण्डस्लाम प्रतियोगिता अष्ट्रेलियन ओपन खेल्ने पक्का भएको छ । नेपालबाट ग्राण्डस्लाम खेल्ने पहिलो खेलाडीको इतिहास रच्दै शिभालीले अर्को महिना सुरु हुने अष्ट्रेलियन ओपन टेनिस खेल्ने पक्का भएको हो । शिभालीले अष्ट्रेलियन ओपनको १४ वर्षमुनिको जुनियर इलिट ट्रफी विधामा प्रतिस्पर्धा गर्नुहुनेछ । अष्ट्रेलियाको मेलवर्नमा हुने प्रतियोगिता सन् २०२६ को जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । शिभाली ग्राण्डस्लामसम्म पुग्ने नेपालको पहिलो खेलाडी बन्नुभएको छ । उहाँले उमेर समूहको प्रतियोगितामा उच्च प्रदर्शन गर्दै ग्राण्डस्लामसम्मको यात्रा तय गर्नुभएको हो । शिभाली हाल १४ वर्षमुनिको एसिया वरीयताको तेस्रो नम्बरमा हुनुहुन्छ । नेपालबाट एसियाको तेस्रो वरीयतामा पुग्ने उहाँ पहिलो खेलाडी हो । शिभालीले ग्राण्डस्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आइटिएफ एटिएफअन्तर्गत टेनिस टु युरोप कार्यक्रमअन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियमलगायत देशको भ्रमण गर्नुभएको थियो । शिभालीले शुक्रबारमात्र पोखरामा सम्पन्न आइटिएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जित्नुभएको छ । भर्खरै १४ वर्षमा प्रवेश गर्नुभएकी शिभाली आइटिएफ जे ३० प्रतियोगिता जित्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ ।