Redirecting...

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो - janatatimes.com

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर १८ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५४ हजार एक सय रुपैयाँ थियो ।यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय ५५ रुपैयाँ थियो ।