Redirecting...

पूरा हुँदै फास्ट ट्य्राक सपना : धमाधम बन्दैछन् आकर्षक र अग्ला पुल [तस्बिरहरू] - ekantipur.com

पूरा हुँदै फास्ट ट्य्राक सपना : धमाधम बन्दैछन् आकर्षक र अग्ला पुल [तस्बिरहरू] - ekantipur.com
Source: kant

काठमाडौंबाट ३१ किलोमिटर दूरी छिचोलेपछि मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित धेद्रे पुगिन्छ । जहाँ अहिले धेद्रे सुरुङको मुखमा समानान्तर रूपमा निर्माण गरिएका ८२ मिटर अग्ला पुलले सबैको ध्यान तानिरहेको छ । सोही जिल्लाको गढी गाउँपालिका–१, स्थित लेनडाँडामा पनि सुरुङको मुखैमा ८२ मिटर अग्ला दुईवटा पुल समानान्तरै निर्माण गरिएको छ । जसमा एउटा पुलको काम सकिएको र अर्कोको निर्माण अन्तिम चरणमा छ । यी सुरुङ र पुल अहिले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्य्राक) मा निर्माण भइरहेका छन् ।