कांग्रेस ‘जोगाउन’ अन्तिम विकल्प : गगन भावी प्रधानमन्त्री, देउवा कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने प्रस्ताव - farakdhar.com
Source: FRDH
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सहमतिका लागि ‘अन्तिम विकल्प प्रस्ताव’ पठाएका छन् । प्रस्तावमा सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिकाबाट बाहिरिनुपर्ने र उम्मेदवारको टिकटमा देउवाको हस्ताक्षर नहुने राखिएको छ । स्रोतका अनुसार, प्रस्तावमा गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरी आगामी निर्वाचनमा उनी नेतृत्वमा जाने व्यवस्था हुनुपर्ने, विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने, सर्वस्वीकार्य संसदीय बोर्ड मार्फत टिकट वितरण गर...