लीपमोटरका संस्थापकले तेस्रो पटक किने सेयर - www.meroauto.com
काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरमा यसका संस्थापकहरुले सेयर थप्न थालेका छन् । हङकङ स्टक एक्सचेन्जमा निरन्तर लीपमोटरको सेयर मूल्य ओरालो लाग्दै जाँदा संस्थापकहरुले सेयर थपेका हुन् । हङकङ स्टक एक्सचेन्जका अनुसार लीपमोटरका संस्थापक झु जियाङमिङ र उनको कम्पनी तथा संस्थापक फु लिक्वान र उनको श्रीमतीले आफ्नो सेयर हिस्सा बढाएका हुन् । यसरी उनिहरुले आफ्नो स्वामित्व बढाएको पहिलो पटक होइन । सन् २०२५ मा मात्रै तेस्रो पटक उनिहरुले लगानी बढाएका हुन् । हङकङ स्टक एक्सचेन्जका अनुसार उनिहरुले ५०.५१ हङकङ डलर औषत मूल्यमा २१ लाख ५० हजार ६०० कित्ता सेयर थप गरेका हुन् । एक्सचेन्जका अनुसार कम्पनीका संस्थापकले लगानी थप्ने निर्णय लिँदा कम्पनीको दिगो, स्थिर र आर्थिक स्वास्थ्य निकै राम्रो रहेको संदेश गएको छ । थप लगानीपछि चीनमा झु र फु परिवार लीपमोटरको सबैभन्दा धेरै सेयर राख्ने समूह भएका छन् । उनिहरु दुई समूहसँग लीपमोटरको अन्तर्राष्ट्रिय बजारको सेयर संख्या २० करोड ९१ लाख ५३८ कित्ता पुगेको छ । साथै, चीनको सेयर भने १२ करोड ८५ लाख १७ हजार ८३९ कित्ता पुगेको छ । जुन कुल सेयर संख्याको २३.७९ प्रतिशत हो । अगस्टदेखि निरन्तर ओरालो लागेको लीपमोटरको सेयरमा ३३ प्रतिशतको गिरावट आइसकेको छ । युरोपियन अटोमोबाइल निर्माता स्टेलान्टीस ग्रुपको प्रबेशपछि निकै तिब्र बजार बिस्तार गर्दै आएको लीपमोटरले सन् २०२५ मा ६ लाख युनिट बिक्री पुरा गर्ने देखिएको छ । The post लीपमोटरका संस्थापकले तेस्रो पटक किने सेयर appeared first on Meroauto.