ज्यान मार्ने उद्योगको कसुरमा तार्केश्वर ११ का वडा अध्यक्ष बस्नेतसहित ११ जना पक्राउ - www.sidhakura.com
Source: dhku
असार २३ गते तार्केश्वर ११ र काठमाडौँ १६ मा पर्ने महादेव खोला करिडोर निमार्णका क्रममा वडा अध्यक्ष बस्नेत सहितका व्यक्तीहरुले दिनेशकुमार श्रेष्ठ माथी आक्रमण गरी घाइते बनाएको भन्दै उनकी श्रीमती चण्डीका श्रेष्ठले बालाजु प्रहरी वृतमा उजुरी दिएका थिए । तर बालाजु प्रहरीले उजुरी दर्ता नगरेपछि प्रहरी परिसर काठमाडौँमा पुगेका थिए । त्यहाँ पनि उजुरी दर्ता नभएपछि पीडित पक्षले हुलाक मार्फत जाहेरी दर्ता गराएको थियो ।