Redirecting...

कांग्रेस विशेष महाधिवेशन : अध्यक्षता ८८ वर्षिय खड्काले गर्ने - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशन : अध्यक्षता ८८ वर्षिय खड्काले गर्ने - corporatekhabar.com
Source: cork

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता जेष्ठ सदस्य ८८ बर्षिय महाधिवेशन प्रतिनिधि श्यामकुमार खड्काले गर्ने भएका छन् । खड्का काठमाडौँ क्षेत्र नम्बर ८ का महाधिवेशन प्रतिनिधि भएको प्रचार प्रसार समितिका संयोजक सुबास पोखरेलले जानकारी दिए । त्यस्तै पोखरेलले किशोर दत्त बराल कास्कीको सभापतिले कार्यक्रम संचालन गर्ने र नारायण भट्टराई कालिकोटको महाधिवेशन प्रतिनिधिले कार्यविधि पढेर सुनाउने र ध्वनि मतले कार्यविधि पारित हुने बताएका छन् । त्यस्तै बन्दसत्रमा त्यसपछि महामन्त्रीहरुका २ वटा प्रस्ताव पेश गर्ने छन् । जसमा समसामयिक राजनीतिको समिक्षा, राजनीति र पार्टीको नीति, विधान सम्शोधन र विधानमा संरचनागत सुधारलगायतका विषय रहेका छन् । त्यसपछि खाना पछि महाधिवेशन प्रतिनिधिहरुलाई ९ समुहमा विभाजन गरेर छलफल पछि समुह नेताले १० मिनेट समुहको निष्कर्ष बन्दसत्रमा राख्ने भएका छन् । महाधिवेशन प्रतिनिधिले आयोजना गरेको विशेष महाधिवेशन भएकाले कार्यविधि हलले नै गर्ने र सोहि अनुसार बन्दसत्र संचालन हुने पोखरेलले जानकारी दिए । The post कांग्रेस विशेष महाधिवेशन : अध्यक्षता ८८ वर्षिय खड्काले गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.