बुधबार १.३७ अंकले बढ्यो नेप्से परिसूचक - arthasarokar.com
काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । यस कम्पनीको १४ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ । नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।