यू-१९ एसिया कप : श्रीलंकासँग भिड्दै नेपाल, इतिहास रच्ने मौका - farakdhar.com
Source: FRDH
यूएईमा जारी एसिसी पुरुष यू–१९ एसिया कपमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । नेपाल र श्रीलंकाबीचको दुबईस्थित खेल द सेभेन्स रंगशालामा बिहान १०ः४५ देखि सुरु हुनेछ । नेपाल प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छ । हालसम्म एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध जित निकाल्न सकेको छैन । आजको खेलमा श्रीलंकाविरुद्ध जित निकालेर नेपाललाई इतिहास रच्ने मौका छ । नेपालले दोस्रो खेलमा २९ मंसिरमा बंगलादेश तथा तेस्रो खेलमा २ पुसमा अफगानिस्तानसँग खेल्ने तालिका छ । यही २६ मङ्सिरदेखि सुरु भएको प्रतियोगितामा ...