Redirecting...

रविको मुद्दा फिर्ताविरुद्ध रिट दर्ता, पेसी कहिले ? - bishwokhabar.com

रविको मुद्दा फिर्ताविरुद्ध रिट दर्ता, पेसी कहिले ? - bishwokhabar.com
Source: bsbk

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज पौडेल (सफल) र कानुनका विद्यार्थी आयुष बडालसहितले महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै दायर गरेको रिटको पेसी माघ ६ गतेका लागि तोकिएको छ । रिटमा पुस ३० गतेको निर्णय र सम्बन्धित पत्राचार बदर गर्न माग गरिएको छ । साथै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दामा कानुनी प्रक्रिया कमजोर नपार्न परमादेशको माग गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ विपरीत स्वेच्छाचारी र बदनियतपूर्ण निर्णय गरिएको दाबी रिटमा गरिएको छ ।