Redirecting...

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित - farakdhar.com

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित - farakdhar.com
Source: FRDH

हुम्लाको सिमकोट गाउँपालिका-७ थाया गाउँमा अज्ञात रोगका कारण मौरी मर्न थालेका छन् । लामो समयदेखि मौरीपालन गर्दै आएका किसानले पालेका मौरी अज्ञात रोगका कारण मर्न थालेपछि चिन्तित बनेका हुन् । सिमकोट-७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेकाे किसान बताउँछन् । व्यावसायिक पालन गर्दै आएका भैरे सिंहले एउटा घारका मौरी मरेका बताउँदै के कारणले मरेका हुन् जानकारी प्राप्त नभएको जानकारी दिए । ‘मौरीले यतिबेला वनबाट फूल ल्याएर मह उत्पादन गर्ने समय भएको छ । अचानक घारमै मौरी मर्न थाले...