कसको आडमा जोगिएका थिए, प्रदीप अधिकारी ? - farakdhar.com
Source: FRDH
नलिन्चोक हेलिपोर्ट निर्माणलाई लिएर महिनौँदेखि सतहमुनि बाक्लिँदै गएको आशंका अन्ततः औपचारिक आरोपमा परिणत भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनालाई संरचनात्मक बेथिति, प्रक्रियाविपरीतका निर्णय र करोडौंको वित्तीय क्षति आरोपसहित विशेष अदालत तान्दै मुद्दा दायर गरेपछि शंका यथार्थमा परिणत भएको हो । अभियोगको घेरामा परेका व्यक्तिमा प्राधिकरणका चार अधिकारी, एक इन्जिनियर र एकजना कन्सल्टिङ कम्पनी तथा उसका सञ्चालक रहेका छन् । क्यानक...