Redirecting...

हिमानी ट्रस्टको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र [तस्बिरहरु] - ehimalayatimes.com

हिमानी ट्रस्टको ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र [तस्बिरहरु] - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह साउन १७ गते काठमाडौंमा आयोजित एक सामाजिक कार्यक्रममा सार्वजनिक रूपमा उपस्थित भएका छन्। उक्त कार्यक्रम पूर्वराज्ञी हिमानी शाहद्वारा स्थापना गरिएको हिमानी ट्रस्टको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न सामाजिक सेवा तथा विकासमूलक कार्यहरूको विवरण सार्वजनिक गरिँदै, स्वास्थ्य, शिक्षा, सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा ट्रस्टले गरेको योगदानबारे जानकारी दिइएको थियो। स्वदेश फर्क स्वदेशै स्वर्ग भन्ने मूल नारासहित आफ्नो देश आफ्नो मातृभूमिप्रतिको दायित्व र कर्तब्यलाई सम्झेर देशमै सीप, ऊ‌द्योग, व्यवसाय गर्न चाहने युवाहरुलाई ब्रेन ड्रेन टु ब्रेन गेन कार्यक्रम भइरहेको कोषले जनाएको छ ।