Redirecting...

झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत - bankingsamachar.com

झापा इनर्जीको शेयर नेप्सेमा सूचीकृत - bankingsamachar.com
Source: bkns

काठमाडौं – आज (कात्तिक २८) गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झापा इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको जम्मा ९ लाख ५० हजार ४७५ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २८ लाख ५१ हजार ४२५ कित्ता शेयर गरी कुल ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको पहिलो कारोबार कात्तिक ३० गते (आइतबार) देखि हुनेछ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।