कोशीमा ट्रान्सफर्मर चोरी : १२ जना पक्राउ, दुई करोडको नोक्सानी - farakdhar.com
Source: FRDH
कोशी प्रदेशका तीन जिल्लामा सक्रिय ट्रान्सफर्मर चोरी गर्ने गिरोहको प्रहरीले भण्डाफोर गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो केही महिनामा मोरङ, सुनसरी र झापामा २२ वटा ट्रान्सफर्मर चोरी हुँदा कृषक, व्यापारी र स्थानीय सेवामा प्रत्यक्ष असर परेको थियो । मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले १२ जनाको गिरोह पक्राउ परेको जानकारी गरायो । पक्राउपर्नेमा मोरङको ग्रामथान, बेलबारी, भारतका बिहारदेखि सुनसरी र विराटनगरसम्मका युवा रहेका छन् । गिरफ्तारीसँगै ३६८.५ किलो तामाको तार, १२ मोबाइल, २२ डायल ...