Redirecting...

अन्तरिम सरकार डेढ महिना टिक्न मुस्किल छ : खगराज अधिकारी - nagariknews.nagariknetwork.com

अन्तरिम सरकार डेढ महिना टिक्न मुस्किल छ : खगराज अधिकारी - nagariknews.nagariknetwork.com
Source: ngrk

नेकपा एमालेका स्थायी कमीटी सदस्य खगराज अधिकारीले अन्तरिम सरकार डेढ महिना पनि टिक्न मुस्किल भएको बताएका छन्। शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो धारणा राखेका हुन्।सुरक्षा निकायसँग सरकारको टसल पर्ने अवस्था आएको बताउँदै अधिकारीले सरकार बनाएकाहरूले नै सरकारलाई पत्याउन छाडेका कारण सरकार एक डेढ महिना टिक्न पनि गाह्रो भएको धारणा राखे। अधिकारीले तोकिएको मितिमा प्रतिनिधि सभाको चुनाव नहुने ठोकुवा गर्दै नहुने चुनावमा भाग लिने/नलिने भन्ने बहस आवश्यक नभएको बताए।उनले अहिलेको राजनीतिक संकटको निकास सबैलाई समेट्ने सर्वपक्षीय सरकार मात्रै भएको स्पष्ट पारे। अधिकारीले भने, ‘जेनजीसहित सबै राजनीतिक दलहरूको सहमतिमा सरकार गठन गर्नु अहिलेको संकटलाई समाधानको बाटोमा लैजानु हो। जसका लागि प्रतिनिधिसभा केही समयलाई पुनःस्थापना गर्ने। एक पटकका लागि गैर सांसद पनि मन्त्री र प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने। संविधान संशोधनका क्रममा जेनजीहरूले उठाउँदै आएका विषयलाई पनि समाधान गर्ने गरी संविधानमा उल्लेख गर्ने र सबैको सहमतिमा निर्माण हुने अन्तरिम सरकारले निर्वाचन गराएर देशलाई लिकमा ल्याउन सबै सचेत हुन आवश्यक छ।’अधिकारीले नयाँ पुस्ताको आन्दोलनका नाममा नेपालको राजनीतिलाई गैरराजनीतिक बनाउन पश्चिमा शक्तिहरूले खोजिरहेको आरोप पनि लगाए। उनले गैरसंवैधानिक सरकारविरुद्ध एमालेले कार्तिक २५ गतेदेखि देशैभर आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी समेत दिए।