काठमाडौंको धोबी खोलामा साइकलसहित एक व्यक्ति मृत फेला - nepalbahas.com
Source: nepb
१८ मङ्सिर, काठमाडौं । धोबी खोलामा साइकलसहित एउटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो । मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।