एनपिएलमा कस्तो रह्यो आदिल आलमको डेब्यू सिजन ? - farakdhar.com
Source: FRDH
नेपाली अलराउन्डर मोहम्मद आदिल आलमबाट काठमाण्डु गोर्खाजले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शनको आशा राखेको थियो । तर, उनले समर्थक र टिमको अपेक्षा पूरा गर्न सकेनन् । आदिलले आफ्नो डेब्यू सिजनको एनपिएलमा आठ खेलमै प्लेइङ–११ मा मौका पाए । तीमध्ये उनले ७ इनिङ्समा ब्याटिङ गरे, जसमा आदिलले १५५.१७ को स्ट्राइक रेटमा ९३ रन मात्र बनाए । एनपिएल–२ मा उनको उच्च स्कोर अविजित ४८ रन रह्यो । आदिलले बलिङमा भने पर्याप्त अवसर पाएनन् । उनले पोखरा एभेन्जर्सविरुद्ध मात्र बलिङ ग...