Redirecting...

तेक्वान्दोका अशोकसहित खेलकर्मी सम्मानित - nagariknews.nagariknetwork.com

तेक्वान्दोका अशोकसहित खेलकर्मी सम्मानित - nagariknews.nagariknetwork.com
Source: ngrk

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबलका एक प्रशिक्षकसहित दुई खेलाडी गरी चार खेलकर्मी शनिबार सम्मानित भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले थलीमा एक कार्यक्रम आयोजना गर्दै तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक तथा फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली र सबिना तामाङलाई सम्मान गरेको हो।राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाही, राप्रपा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष नवराज सिम्खडा र राप्रपा कागेश्वरी मनोहरा नगर कार्यसमितिका अध्यक्ष मणि सिम्खडालगायतले उनीहरूलाई सम्मानपत्रसहित सम्मान गरेका थिए। सोही अवसरमा २०८१ को एसइईमा चार जिपिए अंक ल्याउने नगरभित्रका विभिन्न विद्यालयका १४ विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो।सम्मानित हुने खेलाडी, प्रशिक्षक र निर्णायक पनि कागेश्वरी मनोहरा नगरपालिकाकै हुन्। गोलकिपर राधिकाले नेपालको यु–१५ उमेर समूहबाट खेलेकी थिइन्। सबिना भने नेपालको यु–१७ उमेरसमूहकी फरवार्ड हुन्। तेक्वान्दोका अशोक ग्योरोगी र पुम्सेका साथै पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्।