सिन्धुपाल्चोकमा रुख काट्ने क्रममा च्यापिएर एकको मृत्यु - www.ukeraa.com
Source: uker
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा रुख काट्ने क्रममा रुखले च्यापेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा लिसंखुपाखर गाउँपालिका-३ वाफल बस्ने अन्दाजी ३६ वर्षीय सुक तामाङ रहेका छन्। प्रहरीका अनुसार आइतबार (मंसिर २८ गते) दिउँसो करिब २ बजेको समयमा घर नजिकै आफ्नै बारीमा रुख काट्ने क्रममा तामाङलाई रुखले च्यापेको थियो। रुखले च्यापेर गम्भीर घाइत…