Redirecting...

पहिरोले अवरुद्ध हेटौंडा-काठमाडौं छोटो सडक खुल्यो - nagariknews.nagariknetwork.com

पहिरोले अवरुद्ध हेटौंडा-काठमाडौं छोटो सडक खुल्यो - nagariknews.nagariknetwork.com
Source: ngrk

हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डमा पहिरोका कारण अवरुद्ध भएको यातायात झण्डै चार घण्टापछि पुनः सुचारु भएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार अपराह्न ४ बजेतिर इन्द्रसरोवर गाउँपालिका-४, महालक्ष्मी खोलास्थित सडकमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।प्रहरी र स्थानीयको निरन्तरको प्रयासपछि साँझ ५:५५ बजे पहिरो पूर्ण रूपमा पन्छाइएको र रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेको प्रहरीले जनाएको छ।वर्षायाम नभए पनि सुख्खा पहिरो खस्दा उक्त सडकखण्डमा पटक-पटक यातायात अवरुद्ध हुने गरेको छ।