कांग्रेसमा विवाद : विशेष महाधिवेशनको चौथो दिन के हुँदैछ ? [Live] - ekantipur.com
Source: kant
नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। विशेष महाधिवेशन पक्षधरले नेतृत्व परिवर्तनको अडान लिएका छन् भने सभापति शेरबहादुर देउवाले राजीनामा दिन अस्वीकार गरेका छन्। मंगलबार सहमति नभएपछि सभापति देउवाले आज बिहानै पुन: छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताहरूलाई निवासमा बोलाएका छन्।