यस्तो बन्यो द्रुतमार्ग [फोटो फिचर] - www.nepalclicks.com
काठमाडौँ- राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माणाधीन यो आयोजना २०८३ साल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसअघि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणजस्ता कारणले निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन। तर, अब भने कामले गति लिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका छन्। काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष २०८१/८२ को अद्यावधिक विवरणअनुसार, २०८२ असार मसान्तसम्ममा आयोजनाको समग्र भौतिक प्रगति ४२.१३ प्रतिशत र समग्र वित्तीय प्रगति ४४ प्रतिशत (मोविलाइजेसनसहित) पुगेको छ। आयोजनाको कार्ययोजना अन्तर्गतका १३ वटा निर्माण प्याकेजमध्ये हाल प्याकेज नम्बर १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन अवस्थामा छन्। प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना-डुकुछाप खण्डमा भने जग्गा अधिग्रहण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समन्वयको काम भइरहेको छ। हालसम्म आयोजनाको कुल खर्च रु ८० अर्ब ५४ करोड पुगेको छ। जग्गा खरिद, निर्माण व्यवसायी र विद्युत प्राधिकरणलाई दिइएको पेश्की रकम तथा राजश्व दाखिला रकम रु २ अर्ब ५७ करोड घटाउँदा आयोजनाको खुद खर्च रु ७७ अर्ब ९७ करोड रहेको छ। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक। फास्ट ट्र्याक।