Redirecting...

इलाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो - www.pardafas.com

इलाम बाढी पहिरोमा मृत्यु हुनेको संख्या ३९ पुग्यो - www.pardafas.com
Source: pfds

इलामको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर-५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला पछि मृतकको सङ्ख्या ३९ पुगेको हो । प्रहरीका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनको स्विटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको बताइएको छ । योसँगै इलाममा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । एक जना बेपत्ता छन् ।