पर्या कविताः म ग्रेटा थुनबर्ग बोल्दैछु - sahityapost.com
लोकेश बढो लोकेश बढो तिमीहरूले सुन्दैछौ?बन्द ढोकाको कोठामा कैद भइरहेकोपृथ्वीको लागिमेरो क्रन्दनरत आत्माको गीतमेरो हृदयलाई मनाउनतिमीहरूले ढोल ठटाउनु पर्दैनबन्द होस् चुनावको युद्ध जित्ने रणनीति दुई कदम पछि फर्केर हेरजिजुबाजेहरूका ती सुनौला दिनहरूतर आज केवल सम्झनाको एकपत्ति पात मात्र भएको छअर्थतन्त्र विकासको बाइपङ्खी घोडाको कुल्च्याइमानयाँ पुस्ताका सपना क्रमशः भताभुङ्गविनाशे खाडलको किनारमा पर्यावरणको अवस्थानके तिमीहरूले त्यो चित्र हृदयङ्गम गर्न सकेका छौ? तिमीहरूले निर्माण गरेको मृत्यु उपत्यकामामैले कदम चालेँ…How dare you?मेरो मुखबाट निस्केका शब्दहरूवास्तवमा पढ्ने सामर्थ्य राखेका छौ? तर अहिले- पृथ्वी ब्यूँझिएको छपरिवर्तन आउँदैछ एक-दुई पाइला चाल्दैहामी तिमीहरूमाथि तीखो दृष्टि राख्नेछौंतिमीहरूलाई मन परे पनि नपरे पनि। The post पर्या कविताः म ग्रेटा थुनबर्ग बोल्दैछु appeared first on साहित्यपोस्ट.