Redirecting...

एनपिएलमा सुदूरपश्चिमको लगातार छैटौँ जित, चितवनको प्लेअफ यात्रा कठिन - farakdhar.com

एनपिएलमा सुदूरपश्चिमको लगातार छैटौँ जित, चितवनको प्लेअफ यात्रा कठिन - farakdhar.com
Source: FRDH

नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ मा सुदूरपश्चिम रोयल्सले लगातार छैटौँ जित निकालेको छ । छैटौँ जित निकाल्नेक्रममा सुदूरपश्चिमले बिहीबार चितवन राइनोजलाई ४९ रनले हरायो ।  चितवनले भने लगातार तेस्रो तथा समग्रमा चौथो हारको सामना गर्‍यो । बिहीबार सुदूरपश्चिमले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउनेक्रममा चितवन १७.१ ओभरमा १ सय २० रनमै अलआउट भयो ।  उसका लागि रवि बोपाराले २९, देव खनालले २८, अर्जुन साउदले १६ तथा कप्तान कुशल मल्लले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  ...