कविता : हे आस्थाका भगवान्हरू ! - sahityapost.com
हे आस्थाका भगवान्हरू !देवदेवीहरू !मन्दिर र गिर्जाघरमा, मस्जिद / सिनेगगमागुम्बा र गुरुद्वारामा जहाँ जहाँ आसीन छौसबैसँग म बिन्ती गर्दछुकृपा गरेर मलाई अमुक बनाइ देऊ !अन्धो र बहिरा बनाइ देऊ !लङ्गडो र अपाङ्ग बनाइ देऊ !मलाई मस्तिष्क रहितचेतनाशून्य बनाई देऊ ! त्यसपछिकुनै पनि स्थान र समयमामेरा कानले कसैको क्रन्दनरोदन र चिच्याहट सुन्ने छैनन्आँखाले आफ्नै अगाडि भएका अपराधहरूहिंसा र हत्या सुन्ने र देख्ने छैनन्। के त्यसपछि यावत् समस्याकोसमाधान भयो त यो सृष्टिको ?हो, म यो ब्रह्माण्डको पूर्णर सूक्ष्म अंश हुँती सबै कर्तुतबाट विमुख हुन सक्छु त ?तिमीले चेतनाशून्य बनाए पनिअझै चेतना बाँकी हुनेछ ।र म संवेदित र पीडित नै हुनेछु! यसैले हे विश्वास र आस्थाभन्दाधेरै पर चेतनामा रहने ईश्वर !भो, मलाई सबै भ्रमबाट फर्काइ देऊ।अझ पनि, फेरि पनियी मेरा आँखाले भयावह अपराधमाटुलुटुलु हेर्नेमात्र गर्छन् भने के यी आँखा हुन् र ?कुनै सिसाबाट या धातुबाट बनेका गोला वस्तुभन्दा के फरक भएर ?अत्याचारको पराकाष्ठा हुँदा पनिमेरो आवाज निस्कँदैन भने के म अझै जीवित छु र !ती हिंसा र दमनबाटअबोधहरू मारिँदाफुल्ने रहर साँचेकाप्रकृतिका उपहार कोपिलाहरू चुँडिँदा,फुल्दै गरेको फूलहरूमाथिमत्त हात्ती र साँढेले बुर्कुसी मार्दामभित्र कुनै आक्रोश जाग्दैनकुनै करुणा पलाउँदैनउद्धारका र रोकावटका लागिमेरा पाइला चल्दैनन् भनेनिर्दोषहरूमाथि बर्सिएका कोर्रा,बुट र बन्दुकका कुञ्जा र गोलीहरू रोक्नमेरा हात उठ्दैनन् भने म अझै मानव नै हुँ र !अझै ममा मस्तिष्क, मन र विवेक छ र ! म यन्त्रजस्तै बनिइसकेको छु !यन्त्रहरूमा भजन बजे जस्तो ।यो यन्त्रलाई कसले बोकेको छ ?कता लगेर बजाइँदै छ ?यो मानव यन्त्रलाई केही थाहा हुँदैन !रिमोटले टाढाबाट चलाउँदा,म यन्त्र भइसकेको मानव ट्याउँट्याउँ गर्न थाल्छु,अरूले रेकर्ड गराइ दिएका कुरामात्र ओकल्छुवादका कुरा, विचारका कुरा, दर्शनर दृष्टिकोणका तथाकथित ठूला कुरा ! तर ती चाहिँ होइनन् जो सुन्दरमौलिक एवम् नूतन कला र सिर्जनाअनि आधुनिक कथा र वैज्ञानिकपरिकल्पनाहरूले वास्तविक भएरआश्चर्यमा रूपान्तरण भइसकेका छन् !वाह ! क्या बात ! अब त मेसिनले नै पोआत्माका कुरा र संवेदनाहरू सिकाउन थालेछ। तर के गर्नु ?रेकर्डका ती कुरा बजिसकेपछिम पुनः यन्त्रजस्तै बन्द हुन्छु !अनि त्यसमा माया, दया, करुणा,विवेक र जीवनका कुनै रस हुँदैनन्। अब भन मलाई ।के अझै पनि म मान्छे नै हुँ ?मेरो अन्तस्करणको चक्षुओमकार चैतन्यका नादहरू,क्वान्टमका तरङ्गहरूबाट पनिमलाई मेटाइ देऊ !हे भगवान् !मलाई अन्धो, बहिरा, लाटो र लङ्गडो बनाई देऊ !बिन्ती प्रभु !मलाई मस्तिष्क रहित, चेतना शून्य बनाई देऊ !के यो सम्भव छ? अब कुनै भगवान्को भर नपर,ए मान्छे !आफैँ भित्रको दिव्य चेतनाको भगवान् भएर अब प्रेम र करुणाको सन्देश लिएरविश्व भ्रमण गर,सारा विश्वको कल्याण त्यहीँ छ ! The post कविता : हे आस्थाका भगवान्हरू ! appeared first on साहित्यपोस्ट.