Redirecting...

कविता : समयको कान्तिहीन शिक्षा - sahityapost.com

कविता : समयको कान्तिहीन शिक्षा - sahityapost.com
Source: shpt

आजसम्मकै सबैभन्दा विद्वान्जानेबुझेका र सबैभन्दा सम्पन्नछोराबुहारीहरू वृद्धाश्रमको फन्को मार्छन्भित्रको हालखबर बुझ्छन्समाचार बनिहाल्यो भने अविलम्बखबर गर्न फोन नम्बर टिपाउँछन्इमेल आइडी लेखाउँछन्र, बाहिरबाहिरै फर्कन्छन् । भित्रबाट झ्यालका ससाना आँखीहरू हुँदैमुस्किलले बाटोसम्म पुग्ने धमिला दृष्टिहरूलेचालडालको त्यान्द्रो सुम्सुम्याउँदैछोराबुहारीको पहिचान गर्छन् ।मनमा जमेका दुःखका रारा, फेवाबाट बगेकारोसी र कोसीलाई गालाका खोल्साखोल्सीहरूमा बगाउँछन्र, पछिसम्म रसाइरहने भावनाका ढिक्काहरूकेहीलाई आँखाका डिलबाटै लगलग हल्लिनेहातले टिप्छन्, केहीलाईनाकका टुप्पाबाट थाङ्नामा थन्क्याउँछन् ।छातीभित्र दन्किने पीडाको भतभती पोल्नेज्वालोलाई माघेठन्डीले गुँड लगाएकाओछ्यान तताउने काममा लगाउन पल्टयाङपुल्टुङ गरिरहन्छन् । निद्रा र शान्तिका लागि प्रवेश निषेधकोअदृश्य बोर्ड राखिएको त्यो आश्रमभित्रपराई–माया पान गरेर बस्न विवश निन्याउरा मनर धमिला दृष्टिहरूमा प्रवेश गर्न न शान्तिले कम्मर कस्छन त निद्रा नै बास बस्न आइपुग्छ । लाग्छ, समयले भोलिका झन्धेरै विद्वान् र झन् धेरै सम्पन्न छोराबुहारीहरूलाई तसमाचार बनिहाल्यो भने भस्मेश्वरको काम पनि सम्पन्न गरेरअविलम्ब खबर गर्न सम्पर्क सूत्र टिपाएर फर्कन सिकाउँदै छ ! र, त्योभन्दा पछिका अझ बढी विद्वान्र अझ बढी सम्पन्न छोराबुहारीहरूलाई ततेह्रदिने कर्म पनि सम्पन्न गरेरखाता नम्बर र बिल पठाउन फोनबाटै आग्रह गर्न सिकाइरहेछ ! कस्तो बाध्यताले हो कुन्नीसमय आफैँ जिल्ल पर्दै अनौठो बाटोहुँदैटिकटिक गर्दै यस्तो कान्तिहीन शिक्षा दिइरहेछ ।