Redirecting...

तीन पुस्ताको खेती, दुई महिनामै ऋणमुक्तः बाँकेको टमाटरले देखायो स्वदेशी सम्भावना - kendrabindu.com

तीन पुस्ताको खेती, दुई महिनामै ऋणमुक्तः बाँकेको टमाटरले देखायो स्वदेशी सम्भावना - kendrabindu.com
Source: kend

बाँके । वैदेशिक रोजगारीलाई विकल्प दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ। तीन पुस्तादेखि टमाटरखेती गर्दै आएको मुराउ परिवारले आधुनिक प्रविधि अपनाएर खेतीलाई उच्च आम्दानीको स्रोत बनाएको छ। चार बिघा क्षेत्रफलमा गरिएको टमाटरखेतीका लागि करिब सात लाख रुपैयाँ लगानी गरेका वीरेन्द्रले दुई महिनामै ऋण तिरेका छन्। “बीउ, मल, सिँचाइ र मजदुरीमा खर्च हुन्छ, तर बजार राम्रो भए छिट्टै लगानी उठ्छ,” उनले भने। मङ्सिरको पहिलो सातादेखि टमाटर बिक्री सुरु गरेका वीरेन्द्रले हालसम्म एक सय क्विन्टलभन्दा बढी टमाटर बेचेर साढे छ लाख रुपैयाँ आम्दानी गरिसकेका छन्। अझै ठूलो परिमाणमा उत्पादन बाँकी रहेकाले यस वर्ष ६० लाखभन्दा बढी कारोबार हुने अनुमान छ । आधुनिक मल्चिङ प्रविधि प्रयोग गर्दा उत्पादन बढ्नुका साथै लागत घटेको उनको अनुभव छ । टमाटरखेतीबाट भएको आम्दानीले उनले ढुवानीका लागि अटोसमेत खरिद गरेका छन् । यो खेतीले परिवार मात्र होइन, गाउँकै १० देखि २० जनासम्मलाई रोजगारी दिएको छ । सरकारी अनुदान र प्राविधिक सहयोगले खेती थप सहज बनेको वीरेन्द्र बताउछन् । “नेपालमै केही गर्न सकिँदैन भनेर युवाहरू विदेश गएका छन्,” उनी भावुक हुँदै भन्छन्, “तर मेहनत र योजना भए आफ्नै माटोमा सुन फल्छ।” आगामी वर्ष टमाटरखेती १० बिघा पु-याउने लक्ष्यसहित अघि बढिरहेका वीरेन्द्रको कथा आज किसान र युवाका लागि आत्मनिर्भरताको सशक्त सन्देश बनेको छ ।