एमालेको बन्दसत्र फेरि सर्यो, अब १ बजेदेखि सुरु हुने - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय कमिटी बैठक बोलाएपछि बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो । बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्र अब दिउँसो १ बजेका लागि सारिएको छ । आइतबार बिहानदेखि काठमाडौं भृकुटीमण्डपमा बन्दसत्र सुरु हुने तय भएको थियो ।