निर्यात परिषद्मा नयाँ कार्यसमिति - ehimalayatimes.com
काठमाडौं । नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारणसभा एवं १०औँ निर्यात दिवस सम्पन्न भएको छ । उक्त साधारणसभाले डा. रामशरण थपलियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल र महासचिवमा वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सह-कोषाध्यक्षमा हरिशरण भेटवाल रहेका छन् । सदस्यमा प्रेमराज नराल, सरस्वती सेडाईं (त्रिपाठी), प्रवीणमान श्रेष्ठ, अमिर बगाले, राजकुमार थपलिया, रामकृष्ण भट्टराई र अनन्त गुप्ता रहेका छन् । मंगलबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले व्यापार घाटा घटाउन निर्यातमा जोड दिनुपर्ने बताउनुभएको थियो । सरकारले निर्यात प्रवद्र्धन गर्न प्रयत्न गरे पनि सन्तुष्ट हुन नसकेको भन्दै निर्यात प्रोत्साहनका लागि कार्यविधि तयार गरी अन्तिम चरणमा रहेको जानकारी गराउनुभएको थियो । निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले विदेशी मुद्रा भिœयाउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरू मर्कामा परेको भन्दै नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गर्नुभएको थियो । नेपालबाट आर्थिक वर्ष २०८१/८२ मा दुर्ई खर्ब ७७ अर्ब तीन करोड र चालु आर्थिक वर्षका चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको छ ।